काठमाडौं। बैंकहरुको आधार ब्याज दर ११ प्रतिशतभन्दा तल आएको छ। १० वटा बैंकको आधार दर दोहोरो अंकमा छ भने बाँकी १७ वटाको एकल अंकमा आएको छ।
केही बैंकको आधार दर बढेको देखिन्छ भने केहीले उल्लेख्य रुपमा घटाएका छन्। आधार दर कम हुँदा सर्वसाधारणलाई ऋण लिन सस्तो पर्छ। बढि आधार दर हुने बैंकमा ऋणको ब्याज पनि महँगो पर्छ।
सबैभन्दा सस्तो आधार दर राष्ट्रिय वाणिज्य बैंकको छ। बैंकको ६.६ प्रतिशत आधार दर छ। यसपछि स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, नबिल बैंक, एभरेष्ट बैंक र हिमालयन बैंकको छ। यी बैंकको आधार दर ९ प्रतिशतभन्दा तल छ।
नौ प्रतिशतदेखि माथि र १० प्रतिशतभन्दा तल आधार दर सानिमा, प्राइम, प्रभु, एनआइसी एसिया, ग्लोबल आइएमई, मेगा, नेपाल बंगलादेश, नेपाल एसबिआइ, सनराइज र बैंक अफ काठमाण्डूको छ। बाँकी बैंकको दोहोरो अंकमा आधार दर छ।