काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दशैं बम्पर लक्की ड्र को उपहार विजेता चयन गरेको छ।
टाटा मोटर्सले दशैं-तिहार लक्षित गरी आयोजना गरेको टाटा दशैं बम्पर लक्की ड्रमा ७६ जनाले बिभिन्न उपहार पाएको कम्पनीले जनाएको छ।
लक्की ड्रमा देशभरबाट १७ सय ३२ जनाले भाग लिएका थिए। कम्पनीका अनुसार गोला प्रथाबाट छानिएका १३ जनाले एलजीको फ्रिज, १३ जनाले वासिङ , १३ जनाले मोबाइल सेट, १५ जनाले दुबई टुर १५ जनाले टेलिभिजन सेट र ७ जोडीलाई क्रुजमा घुम्ने अवसर पाएका छन्।
एक कार्यक्रम आयोजना गरी विजेताहरूलाई उपहार वितरण गरिसकेको पनि कम्पनीले जनाएको छ।