काठमाडौं। नेपाल राष्ट्र बैंकले १००० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको एक कम्पनीलाई दिएको छ।
राष्ट्र बैंकले १००० रुफैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्न लागेको हो। नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम चिनियाँ कम्पनीले गर्ने छ।
चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनले नोट छाप्ने काम गर्ने छ। छापेको नोट आइपुग्न ८ महिना लाग्ने बताइएको छ।
कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छाप्ने, डिजाइन गर्ने र नेपाल पठाउने छ।