काठमाडौं। लगालग दुई दिन बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। सुरुदेखि नै घट्दो ट्रेन्डमा रहेको बजार ३ अंक झरेर बन्द भएको छ।
दिनभरीमा ३८ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। फाइनान्स, उत्पदानमूलक र अन्यसूचक बढेका छन्। बाँकी सबै सूचक रातो हुँदा समग्र बजार ओरालो लागेको हो।
दिनभरीमा सबैभन्दा बढि नेपाल बैंकको शेयर किनबेच भएको छ। बैंकको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८५ लाख र एनएमबी बैंकको २ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले साढे ८ प्रतिशतले सम्पति बृद्धि गरेका छन् भने प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य पनि करिव ६ प्रतिशतले बढेको छ।
मञ्जुश्री फाइनान्स सात प्रतिशतले घटेको छनेपाल सेवा लघुवित्तको शेयर मूल्य पनि साढे पाँच प्रतिशतले घटेको छ।