काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले निमार्ण गरिरहेको सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको पहिलो चरणको प्राथमिक शेयर शुक्रबारबाट निष्काशन हुँदैछ। नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार सि-आस्बा प्रणालीमार्फत आइपिओ निष्काशन गर्न लागेको हो।
दुवै आयोजनाका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सिद्धार्थ क्यापिटलले आवेदन बन्द भएको सात दिनभित्रमा शेयर बाँडफाँट गर्नेछन्। सि-आस्बा प्रणाली पूर्ण रुपमा कार्यान्वनमा आएसँगै पहिलो पटक यसरी सात दिनमै शेयर बाँडफाँट हुन लागेको हो।
अहिलेसम्म सि-आस्बा प्रणालीमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन्। शेयर आवेदकको बैंक खाता सि-आस्बा प्रणालीमा आवद्ध भएकै बैंक तथा वित्तीय संस्थामा हुनुपर्नेछ। साथै तिनै बैंक तथा वित्तीय संस्थाबाट आवेदकले सिआरएन नम्बर लिनु पर्नेछ।
दुबै कम्पनीले योग्य आवेदकको नाम तथा विवरण सि-आस्बा प्रणालीमा उपलब्ध गराइसकेको छ। आवेदकले आवेदन दिन जाँदा संचयकर्ताले परिचयपत्र नम्बर साथै हितग्राही खाता नम्बर लिएर आफ्नो खाता रहेको बैंकमा जानुपर्नेछ। सिडिएसका अनुसार अहिलेसम्म २९ वटा कम्पनीका लागि ७२ हजार ९६८ जना आवेदकबाट २ लाख ९७ हजार भन्दा धेरै आवेदन परेको छ।
यसरी बढे आवेदक
सान्जेन जलविद्युत आयोजनाले २०६८ साल मंसिर २२ गते सम्म कायम भएका संचयकर्तालार्इ आवेदन दिन योग्य मानेको छ। यस्तै त्यो अवधिभन्दा अगाडि नै सेवाबाट अवकास प्राप्त गरि आफ्नो पैसा फिर्ता लगेका तर संचयकोषबाट पाउने लाभांश लिइनसकेको अवस्थामा उनीहरुको खाता कायम रहेको मानेर आवेदनको अवशर दिइने कम्पनीले जनाएको छ।
यसको लागि त्यस अवधिको आर्थिक वर्षमा अवकाश प्राप्त गरेका संचयकर्ता पनि योग्य हुन सक्ने सान्जेन जलविद्युत आयोजनाले जानकारी दिएको छ। सान्जेनको हकमा २०७४ मंसिर २६ गतेसम्म कायम भएका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् भने रसुवागढीको हकमा २०७४ पुष २० गतेसम्म कायम सञ्चयकर्ताले पाउनेछन्।
सान्जेन जलविद्युत आयोजनाको लागि ८ लाख ६५ हजार ३९ जना सञ्चयकर्ता योग्य भएको कम्पनीले जानकारी दिएको छ। त्यस्तै रसुवागढी जलविद्युत कम्पनीको लागि ८ लाख ६८ हजार ३९५ जना सञ्चयकर्ताले आवेदनको लागि योग्य भएको कम्पनीले जानकारी दिएको छ।
यहाँबाट पाइन्छ आवेदन दिन
आस्बा सुविधा प्रदान गर्ने संस्था | जिल्ला र सेवा दिने शाखा |
सेञ्चुरी कमर्सियल बैंक लि. | २२ जिल्लामा ६७ शाखा |
सन्राइज बैंक लि | २८ जिल्लामा ६७ शाखा |
कैलाश विकास बैंक लि. | १५ जिल्लामा ३७ शाखा |
सिटिजन्स् इन्टरनेशनल बैंक लि. | ३० जिल्लामा ५८ शाखा |
लक्ष्मी बैंक लि. | ३७ जिल्लामा ५९ शाखा |
सानिमा बैंक लि. | २६ जिल्लामा ४३ शाखा |
सिद्धार्थ बैंक लि. | २७ जिल्लामा ६३ शाखा |
एनआईसी एसिया बैंक लि. | ३२ जिल्लामा ८० शाखा |
नेपाल बगंलादेश बैंक लि. | २३ जिल्लामा ४० शाखा |
देवः विकास बैंक लि | ११ जिल्लामा ३६ शाखा |
ओम डेभलपमेण्ट बैंक लि. | १२ जिल्लामा २९ शाखा |
नेपाल इनभेष्टमेण्ट बैंक लि. | २८ जिल्लामा ४६ शाखा |
एनएमबि बैंक लि. | २९ जिल्लामा ७१ शाखा |
मेगा बैंक नेपाल लि. | २६ जिल्लामा ४० शाखा |
महालक्ष्मी विकास बैंक लि. | १८ जिल्लामा २५ शाखा |
ग्लोवल आईएमई बैंक लि. | ३५ जिल्लामा ९१ शाखा |
बैंक अफ काठमाण्डू लुम्विनी लि. | २८ जिल्लामा ७४ शाखा |
प्राइम कमर्सियल बैंक लि | १७ जिल्लामा ३१ शाखा |
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. | ३३ जिल्लामा ९६ शाखा |
ज्योती विकास बैंक लि. | १५ जिल्लामा २९ शाखा |
सिभिल बैंक लि. | २५ जिल्लामा ५१ शाखा |
नबिल बैंक लि. | २४ जिल्लामा ५० शाखा |
माछापुच्छ्रे बैंक लि. | ३० जिल्लामा ५७ शाखा |
प्रभु बैंक लि. | २० जिल्लामा १०१ शाखा |
लुम्बिनी विकास बैंक लि. | २१ जिल्लामा ४४ शाखा |
कृषि विकास बैंक लि. | ५५ जिल्लामा १८६ शाखा |
मुक्तिनाथ विकास बैंक लि. | १३ जिल्लामा ४७ शाखा |
नेपाल एसबिआई बैंक लि. | ३२ जिल्लामा ६२ शाखा |
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. | ९ जिल्लामा १३ शाखा |
फेवा विकास बैंक लि. | १४ जिल्लामा २९ शाखा |
सांग्रिला डेभलपमेन्ट बैंक लि. | १६ जिल्लामा ३१ शाखा |
एभरेष्ट बैंक लि. | ३२ जिल्लामा ६० शाखा |
हिमालयन बैंक लि. | २२ जिल्लामा ४२ शाखा |
आइ.सि.एफ.सि. फाइनान्स लि. | ५ जिल्लामा ११ शाखा |
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स | ६ जिल्लामा ८ शाखा |
गुडविल फाइनान्स लि. | ९ जिल्लामा ११ शाखा |
सगरमाथा फाइनान्स लि. | ११ जिल्लामा १४ शाखा |
सेन्ट्रल फईनान्स लि. | ५ जिल्लामा ५ शाखा |
रिलायन्स फाइननान्स लि. | ४ जिल्लामा ५ शाखा |
मञ्जुश्री फाईनान्स लि. | ५ जिल्लामा ६ शाखा |
गरिमा विकास बैंक लि. | १५ जिल्लामा ४३ शाखा |
यूनाईटेड फाईनान्स लि. | ९ जिल्लामा १५ शाखा |
जनता बैंक नेपाल लि. | २७ जिल्लामा ६४ शाखा |
गोर्खाज फाइनान्स लि. | ६ जिल्ला १० शाखा |
पोखरा फाइनान्स लि. | ३ जिल्ला १० शाखा |
राष्ट्रिय बाणिज्य बैंक लि. | ६९ जिल्लामा १६८ शाखा |
तिनाउ विकास बैंक लि. | ३ जिल्ला १२ शाखा |
पूर्णिमा विकास बैंक लि. | ३ जिल्ला ८ शाखा |
नेपाल बैंक लि. | ५० जिल्लामा १२६ शाखा |
कुमारी बैंक लि. | २१ जिल्लामा ३६ शाखा |
कामना विकास बैंक लि. | ६ जिल्ला २१ शाखा |
सिन्धु विकास बैंक लि. | ३ जिल्ला ११ शाखा |
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. | ९ जिल्ला २७ शाखा |
एक्सेल डेभलपमेन्ट बैंक लि. | ३ जिल्ला १६ शाखा |
टुरिजम् डेभलपमेन्ट बैंक लि. | २१ जिल्लामा २९ शाखा |
जेबिल्स फाईनान्स लि. | १ जिल्ला १ शाखा |
नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लि. | ३ जिल्ला १० शाखा |
सप्तकोशी डेभलपमेण्ट बैंक लि. | ३ जिल्ला १३ शाखा |
सिर्जना फाइनान्स लि. | ३ जिल्ला २० शाखा |
चिलिमेसँगै आएको नयाँ लगानी मोडेल, साञ्जेनले यसरी बनाउँदैछ सर्वसाधारणलाई समृद्ध