काठमाडौं । ग्लोबल आइएमइ बैंक पनि नाफाका आधारमा विलेनियर क्लवमा छिरेको छ । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्ष बैंकको खुद नाफा ९६ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारसँगै बैंकको नाफामा वढोत्तरी भएको हो । बैंकले अघिल्लो बर्ष दुई अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपाली बढाएर दुई अर्ब ८८ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ । यसवाहेक विदेशी विनिमयबाट हुने आम्दानी पनि वढेको छ ।
ब्यापार वढेपनि बैंकको नोक्शानी व्यवस्थापन वापतको रकम खासै बढेको छैन । यसले खराव कर्जा कम भएर पनि बैंकको नाफामा सुधार देखिएको हो । अघिल्लो बर्ष ५४ करोड ८६ लाख नोक्शानी व्यवस्थापन गरेको बैंकले यसपाली ५९ करोड रुपैयाँ गरेको छ । जबकी कुल कर्जा लगानी १० अर्ब रुपैयाँले बढेर ६० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकसँग सर्वसाधारणको ७४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप छ ।
बैंकले डुबेकोमध्ये २५ करोड २२ लाख रुपैयाँ उठाएको छ । बैंकको खराव कर्जा २.२३ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी कोष अनुपात १२.३५ प्रतिशत छ । बैंकको प्रतिशत सेयर आम्दानी साढे २२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २२.८९ गुणा छ ।