BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ पनि पहिलो पटक विलेनियर क्लवमा, नाफा १३८ करोड, ब्यापार बढ्यो, खराव कर्जा घट्यो

२०७३ साउन १२

ग्लोबल आइएमइ पनि पहिलो पटक विलेनियर क्लवमा, नाफा १३८ करोड, ब्यापार बढ्यो, खराव कर्जा घट्यो
ग्लोबल आइएमइ पनि पहिलो पटक विलेनियर क्लवमा, नाफा १३८ करोड, ब्यापार बढ्यो, खराव कर्जा घट्यो

काठमाडौं । ग्लोबल आइएमइ बैंक पनि नाफाका आधारमा विलेनियर क्लवमा छिरेको छ । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३८ करोड  ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्ष बैंकको खुद नाफा ९६ करोड रुपैयाँ थियो ।
 
खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारसँगै बैंकको नाफामा वढोत्तरी भएको हो । बैंकले अघिल्लो बर्ष दुई अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपाली बढाएर दुई अर्ब ८८ करोड  ९५ लाख रुपैयाँ पुर्‍याएको छ । यसवाहेक विदेशी विनिमयबाट हुने आम्दानी पनि वढेको छ ।
 
ब्यापार वढेपनि बैंकको नोक्शानी व्यवस्थापन वापतको रकम खासै बढेको छैन । यसले खराव कर्जा कम भएर पनि बैंकको नाफामा सुधार देखिएको हो । अघिल्लो बर्ष ५४ करोड ८६ लाख नोक्शानी व्यवस्थापन गरेको बैंकले यसपाली ५९ करोड रुपैयाँ गरेको छ । जबकी कुल कर्जा लगानी १० अर्ब रुपैयाँले बढेर ६० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकसँग सर्वसाधारणको ७४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप छ ।
 
बैंकले डुबेकोमध्ये २५ करोड २२ लाख रुपैयाँ उठाएको छ । बैंकको खराव कर्जा २.२३ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी कोष अनुपात १२.३५ प्रतिशत छ । बैंकको प्रतिशत सेयर आम्दानी साढे २२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २२.८९ गुणा छ ।

Tata
GBIME
Nepal Life