काठमाडौं । आमा र शिशुहरुका लागि उपयोगी जापानमा निर्मित पिजन ब्राण्डका उत्कृष्ट सामान अब नेपाली बजारमा विक्री सुरु गरिएको छ ।
पिजनका सामग्री नेपालमा गोल्छा अर्गनाइजेश अन्तर्गतको कम्पनीले गर्ने छ । गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले पिजनका सामान नेपाल आयात तथा वितरण गर्ने जानकारी दिइएको छ ।
विगत ६० बर्षदेखि पिजनका सामग्री संसारका विभिन्न देशमा विक्री हुँदै आएको जानकारी दिइएको छ । आफ्नो गुणस्तरकाकारण पिजनका उत्पादन लोकप्रिय रहेको दावी पनि कम्पनीको छ ।
दुधको वोतल, निप्पल, शिशु स्याहार तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु नेपालका प्रमुख शहरहरुमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नेपालमा यसको आयात तथा बजारीकरणको दायित्व प्रसिद्घ यापारिक समूह गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले लिएको छ ।