BIZMANDU
www.bizmandu.com

जापनिज कम्पनी पिजनका उपत्पादन नेपाली बजारमा उपलब्ध, गोल्छा समूहको कम्पनीले गर्दैछ आयात

२०७३ असार २९

जापनिज कम्पनी पिजनका उपत्पादन नेपाली बजारमा उपलब्ध, गोल्छा समूहको कम्पनीले गर्दैछ आयात
जापनिज कम्पनी पिजनका उपत्पादन नेपाली बजारमा उपलब्ध, गोल्छा समूहको कम्पनीले गर्दैछ आयात

काठमाडौं । आमा र शिशुहरुका लागि उपयोगी जापानमा निर्मित पिजन ब्राण्डका उत्कृष्ट सामान अब नेपाली बजारमा विक्री सुरु गरिएको छ । 
 
पिजनका सामग्री नेपालमा गोल्छा अर्गनाइजेश अन्तर्गतको कम्पनीले गर्ने छ । गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले पिजनका सामान नेपाल आयात तथा वितरण गर्ने जानकारी दिइएको छ । 
विगत ६० बर्षदेखि पिजनका सामग्री संसारका विभिन्न देशमा विक्री हुँदै आएको जानकारी दिइएको छ ।  आफ्नो गुणस्तरकाकारण पिजनका उत्पादन लोकप्रिय रहेको दावी पनि कम्पनीको छ । 
 
दुधको वोतल, निप्पल, शिशु स्याहार तथा  स्वास्थ्य सम्बन्धी सामग्रीहरु नेपालका प्रमुख शहरहरुमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 
नेपालमा यसको आयात तथा बजारीकरणको दायित्व प्रसिद्घ यापारिक समूह गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले लिएको छ । 
 

Tata
GBIME
Nepal Life