गण्डकी विकास बैंकको थप तीन शाखा विस्तार, असार भित्र अरु १५ शाखा विस्तार गर्ने तयारी

बिजमाण्डू
२०७५ असार ३ गते १७:४३ | Jun 17, 2018

 

Tata
GBIME
Nepal Life

काठमाडौं। गण्डकी विकास बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग र लामाचौरमा गरी थप तीन शाखा कार्यालय विस्तार गरेको छ।

उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको  बैंकबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।

यो संगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ। बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका  साथै ग्राहकका लागि आधुनिक बैंकिङ सेवा प्रदान गरिने जनाईएको छ।
 
बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा २० अर्ब ४३ करोड रुपैयाँ निक्षेप पुर्‍याइ १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकले बैकिङ सेवा,  लकर सेवा,  सुनधितोमा कर्जा सुविधा,  रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ।

न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ। साथै बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्। बैकले  यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ। यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले वताए।