कर्पोरेट ट्याक्समा छुट दिने निर्णयले भारतीय शेयर बजारमा उछाल, अटोमोबाइलको पनि बढ्यो

बिजमाण्डू
२०७६ असोज ३ गते १३:०६ | Sep 20, 2019
कर्पोरेट ट्याक्समा छुट दिने निर्णयले भारतीय शेयर बजारमा उछाल, अटोमोबाइलको पनि बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले स्वदेशी कम्पनीमा लाग्ने 'कर्पोरेट ट्याक्स 'मा छुट दिने घोषणा गरेसँगै भारतीय शेयर बजारमा उछाल आएको छ।

भारतको प्रमुख शेयर बजार बाम्बे स्टक एक्सचेन्ज 'सेन्सेक्स 'मा बिहान साढे ११ बजे सम्म १४ सय ९९ अकंको उछाल आएको हो।फराकिलो अंकको बढोत्तरीसँगै शेयर बजार मापक सूचक ३७ हजार पाँच सय ९३ अंकमा उक्लिएको छ। सेन्सेक्स सँगै भारतको अर्को प्रमुख शेयर बजार नेशनल स्टक एक्सचेन्ज 'निफ्टीमा 'समेत तेहोरो अंकले बढेको छ। निफ्टी ४६३ अङ्कले बढेर ११ हजार १६८ अंकमा उक्लिएको छ। 

सेन्सेक्समा सूचीकृत अटोमोबाइल,बैकिङ,एफएमसीजी,मेटल,तेल र ग्यास लगायतका सबै सूचक बढेको छ। साना,लघु एवं मध्यम उद्यममा फसेको ऋणलाई सन् २०२० मार्च सम्म कार्यान्वयन सम्पत्तिको श्रेणीमा नराख्ने सरकारी फैसला भएको छ। शुक्रबार बस्ने जीएसटी  काउन्सिलको बैठकमा सवारी साधनको करको दरमा कटौती हुने सम्भावनाका कारण शेयर बजारमा उछाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।