सेञ्चुरी कमर्सियल बैंकको दुई थान कम्प्युटर दृष्टीविहिन सहयोग केन्द्रलाई

बिजमाण्डू
२०७६ भदौ २६ गते १५:३३ | Sep 12, 2019


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

दृष्टिविहिन विद्यार्थीहरुको अध्ययनमा सहज पहुंच पुगोस भन्ने उद्दश्यले २ थान कम्प्युटर हस्तान्तरण गरेको हो। 

कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहिन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्रदुलाल क्षेत्रीलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पद्धाधिकारीहरुको उपस्थिती थियो।