सिभिलसँग गाभिएको युनिकका संस्थापक बाहिरिदै, राजमोहन समूहको १२ लाख ८२ हजार शेयर लिलामीमा

बिजमाण्डू
२०७६ भदौ २ गते ११:४९ | Aug 19, 2019
सिभिलसँग गाभिएको युनिकका संस्थापक बाहिरिदै, राजमोहन समूहको १२ लाख ८२ हजार शेयर लिलामीमा

Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंकले दुई वर्ष अगाडि गाभेको युनिक फाइनान्सका संस्थापक शेयरधनीहरु बाहिरिने भएका छन्।

तत्कालिन युनिक फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संस्थापक शेयरधनी राजमोहन कर्माचार्यको समूहले बैंकबाट बाहिरिन आफ्नो संस्थापक शेयर बिक्री गर्न लागेको हो।

कर्माचार्य सहित पाँच जनाले केहि शेयर बाँकी राखेर शेयर बिक्री गर्न राखिएको हो। व्यक्तिगत रुपमा पैसा आवश्यक भएर शेयर बिक्री गर्न लागेको बिजमाण्डूलाई बताए।पहिला वित्तिय क्षेत्रमै रहेका कर्माचार्य अहिले होटल व्यवसायमा छन्।

सिभिल बैंकले उनीहरुको संस्थापक शेयर बोलकबोल लिलाम बिक्री गर्न सार्वजनिक सूचना जारी गरेको छ। बैंकले १२ लाख ८२ हजार ८८१ कित्ता शेयर भदौ दुई गतेदेखि १६ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेश गर्न आह्वान गरेको छ।

आवेदकले न्यूनतम प्रतिशेयर मूल्य १०० रुपैयाँ वा सो भन्दा माथिका लागि बोलकबोल गर्न सक्ने छन्। लगानीकर्ताहरुले न्यूनतम १० हजार कित्ताको लागि आवदेन दिनु पर्नेछ। अधिकतमको हकमा माग गरिए बराबरनै पाइनेछ। तर हाल कायम संस्थापक शेयरधनीहरुको हकमा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको सीमा नाघ्ने गरि आवेदन दिन पाइने छैन।

लगानीकर्ताले सिभिल क्यापिटल सुन्धारामा आवेदन दिन सक्ने सक्ने छन्। बोलकबोल पछि सकारिएको शेयर सिभिल क्यापिटलले तोकेको ब्रोकर कार्यालयबाट दोस्रो बजारमा कारोबार हुनेछ। संस्थापक शेयर बिक्रीको लागि सुरुमा भइरहेकै सञ्चालकहरुलाई प्राथमिकता दिइन्छ तर कर्माचार्यले आफ्नो शेयर बिक्री गरिदिन बैंकलाई अनुरोध गरेपछि सार्वजनिक रुपमा आह्वान गरेको हो।

सिभिल बैंकले ०७४ असारमा युनिक फाइनान्सलाई १०० कित्ता बराबर ९० कित्ताको अनुपातमा गाभेको थियो। गाभिए सँगै ०७४ साउन एक गतेदेखि एकीकृत कारोबार हुँदै आएको छ। तत्कालिन युनिक फाइनान्सको चुक्ता पूँजी २७ करोड ६७ लाख रुपैयाँ थियो।

सिभिल बैंकसँग गाभिनु अघि फाइनान्सले आफ्ना शेयरधनीहरुलाई राम्रो लाभांस दिएको थियो। तर बाणिज्य बैंक मध्ये सबैभन्दा कमजोर सिभिल बैंकले पूँजी जुटाउन गतवर्ष दुई वर्षको नाफाबाट बोनस शेयर दिए पनि आकर्षक लाभांस दिन सक्ने अवस्थामा छैन।

 गाभिनु अघि युनिकले दिएको लाभांस

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

2072/2073

16

 

16

2071/2072

7

0.036

7.036

2070/2071

11.5

 

11.5

2069/2070

0

12

12

2068/2069

0

8.95

8.95

2067/2068

0

13.69

13.69

सिभिल बैंकले दिएको लाभांस

आर्थिक वर्ष

बोनसशेयर

नगद लाभांस

जम्मा लाभांस

2017/18

0.00%

4.05%

4.05%

2016/17

10.25%

0.54%

10.79%

2015/16

2.88%

0.15%

3.03%

2014/15

6.75%

0.36%

7.11%

2013/14

7.00%

1.50%

8.50%

2012/13

0.00%

5.75%

5.75%