उपत्यकामा जनता बैंकको २४ औ‌ं शाखा ललितपुरको खुमलटारमा, देशभर १४२ शाखा पुगे

बिजमाण्डू
२०७६ असार ३० गते १३:४६ | Jul 15, 2019

काठमाडौं। जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा सञ्चालनमा ल्याएको  छ। बैंक सञ्चालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले खुमलटार शाखाको उद्घाटन गरेका थिए।

Tata
GBIME
Nepal Life

असार ३० गते सोमबारदेखि खुमलटार शाखा कार्यालय औपचारिक सञ्चालनमा आएको बैंकले जनाएको छ। 

उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो। देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको  बैंकको शाखा सञ्जाल यो समेत १४२ पुगेको छ। काठमाडौं उपत्यकामा भने यो २४औं शाखा हो।