अनलाइन कारोबारमा बढ्दै लगानीकर्ताको आकर्षण, एक महिनामा ३ अर्ब ६० करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०७६ जेठ १२ गते ११:२१ | May 26, 2019
अनलाइन कारोबारमा बढ्दै लगानीकर्ताको आकर्षण, एक महिनामा ३ अर्ब ६० करोड रुपैयाँको कारोबार

Tata
GBIME
Nepal Life

काठमाडौँ।दोस्रो बजारमा अनलाइनबाटै शेयर कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताले  करिब एक चौथाइ कारोबार अनलाइनबाटै गर्न थालेका छन्।

नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएको तथ्यांक अनुसार गत एक महिनामा अनलाइनबाट मात्रै तीन अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो महिनामा दुई अर्ब ६० करोड रुपैयाँ बराबरको अनलाइनमार्फत शेयर कारोबार भएको थियो।जुन २१.१६ प्रतिशत बढी हो।

२०७६ बैशाख ९ गते देखि २०७६ जेठ ८ गते सम्म

ग्राहक किसिम

कुल कारोबार रकम

प्रतिशत

संस्थागत

549708474

16.64

ब्यक्तिगत

2296960901

69.53

सामूहिक लगानी कोष

456767138

13.83

जम्मा रकम

3303436513

100

गत वैशाख ९ गतेदेखि जेठ आठ गतेसम्म दोस्रो बजारमा २० अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। सोही अवधिमा अघिल्लो महिना १० अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
समग्र कारोबार रकममा समेत अनलाइन कारोबार उल्लेख्य छ।अघिल्लो महिनामा समग्र कारोबारमा अनलाइनको भूमिका २३ प्रतिशत थियो। तर गत महिना केही प्राविधिक कारणले अनलाइन कारोबार ७ प्रतिशतले खुम्चिएर १६ प्रतिशतमा समेटिएको छ। जबकि समग्र कारोबार रकममा भने यो महिना ५४ प्रतिशतले बढेको छ।

गत महिना लगानीकर्ताले अनलाइनमार्फत पर्याप्त कारोबार गर्न नपाएका कारण कारोबार रकम बढेपनी अनलाइन कारोबारको भूमिका खुम्चिएको एक सामूहिक लगानी कम्पनीका कर्मचारीले बताए।उनका अनुसार यो महिना अघिल्लो महिना भन्दा कारोबारमा बढी चाप रहेको थियो। कोषको रणनीति अनुसार खरिद बिक्रीका निर्णयहरू छिटो भएका थिए।

कुनै दिन शेयरमा खरिदको चाप बढेको थियो भने कुनै दिन बिक्री चाप बढाउनु परेको उनले बताए।सम्पूर्ण कारोबार अनलाइनबाटै गर्न सम्भव नभएपछि अघिल्ला कारोबारमा भन्दा बढी ब्रोकर कम्पनीहरू परिचालन गरिएकाले कारोबार कम देखिएको हो।

२०७५ चैत ८ गते देखि २०७६ बैशाख ९ गते सम्म

ग्राहक किसिम

कुल कारोबार रकम

प्रतिशत

संस्थागत

343593530

13.19

ब्यक्तिगत

2068480420

79.43

सामूहिक लगानी कोष

192183977

7.38

जम्मा रकम

2604257927

100

अनलाइन कारोबारमा सबैभन्दा बढी भूमिका व्यक्तिगत लगानीकर्ताको देखिएको छ।तर अघिल्लो महिनाको तुलनामा उनीहरूको भूमिका थोरै खुम्चिएको छ।यो महिना संस्थागत र सामूहिक लगानी कोषले अनलाइन कारोबारमा आफ्नो भूमिका बढाएका छन्।

गत वैशाख ९ गतेदेखि जेठ आठ गतेसम्मको अनलाइन शेयर कारोबारमा ब्यक्तिगत लगानीकर्ताको भूमिका ६९.५३ प्रतिशत छ। क्रमशः संस्थागत र सामूहिक लगानीकोषको भूमिका १६.८४ र १३.८२ प्रतिशत छ। यो अघिल्लो महिनाको तुलनामा उनीहरूको भूमिका उल्येख्य बढेको हो।सोही अवधिमा गत महिना क्रमशः व्यक्तिगत लगानीकर्ताको भूमिका ७९.४२ संस्थागत लगानीकर्ताको भूमिका १३.१९ र सामूहिक लगानीकोषको भूमिका ७.३७ प्रतिशत रहेको थियो।

पछिल्लो समय संस्थागत र व्यक्तिगत लगानीकर्ताहरू अनलाइनमा अभ्यस्त हुँदै गएका कारण कारोबार बढ्न थालेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए।उनी भन्छन् 'अनलाइन प्रणाली स्टेवल भएको छ छ। लगानीकर्तालाई कारोबार गर्न समेत सहज भएको छ।'