थाइल्याण्डका रकस्टार सिइओ जसले १२८ वर्ष पुरानो इनर्जी ड्रिंक्स बिजनेसलाई यसरी ब्यूझाउँदैछन्

बिजमाण्डू
२०७६ जेठ ५ गते ११:१७ | May 19, 2019


पेच ओसाथानुग्रा 'एम १५०' इनर्जी ड्रिंकका चलता फिरता बिज्ञापन हुन्। हाल थाइल्याण्डमा सबैभन्दा बढी बिक्री हुने इनर्जी ड्रिंक 'एम १५०' को बिज्ञापन उनी थाइ रकस्टारको हैसियतमा गरिरहेका छैनन्। यो त उनले आफ्नै पारिवारिक बिजनेस कम्पनीको उत्पादन प्रवर्द्धन गरिरहेका हुन्।

Tata
GBIME
Nepal Life

६४ वर्षका पेचले कम्पनीका अध्यक्ष तथा सिइओका रुपमा इनर्जी ड्रिंकलाई थाइहरुको पहिलो रोजाइको ड्रिंक बनाउँदासम्म अन्य धेरै भूमिकाहरु निभाइसकेका छन्।  

उनी थाइल्याण्डका चार्ट टपिङ रक स्टार हुन्। उनी आकक्कल झुक्कल फिल्ममा अभिनय पनि गर्छन् भने बिज्ञापन कम्पनी समेत सम्हाल्थे।

पेच बैंककमा लाइभ म्युजिकको सिनेरियो नै बदलिदिने रक स्टार हुन्। उनी विश्वविद्यालयमा अध्यक्ष रहिसकेका छन्। यति मात्र होइन उनीसँग पिकासो र डेमिन हिर्स्टनजस्ता विश्वप्रसिद्ध कलाकारका कलाकृतिको संग्रह पनि छ।

हाल उनी संग्रहायलको निर्माण पनि गरिरहेका छन्।  तर यतिबेला उनी कम्पनीका सिइओका रुपमा  फरक चुनौतीको सामना गरिरहेका छन्।

थाइल्याण्ड बाहिरकाले कमै सुनेका र धेरै कमले मात्र पिएका एम १५० र ओसोट्स्पाका अन्य उत्पादनहरु हाल उनी बिदेशी बजारमा पुर्याउने काम थालेका छन्।  

हाल ओसोट्स्पालाई उनले कमम्बोडिया, लाओस र म्यानमारबको बजारमा पठाइसकेका छन्।

यो प्रक्रियाबाट  थाइल्याण्डकै पुरानोमध्येको एक कम्पनीलाई लाई उनी आधुनिक कन्जुमर प्रोडक्टको मल्टिनेशनल ब्राण्डका रुपमा अघि सार्ने पेचको लक्ष्य हो।

'यो मेरो भिजन हो।' पेच भन्छन्-'थाइल्याण्डको पुरानो मध्यको एक कम्पनीलाई अत्याधुनिक रुपमा रुपान्तरण गर्नुछ।'
गत वर्षको अक्टोबरमा १२८ वर्ष पुरानो ओसोट्स्पाले देशकै सबैभन्दा ठूलो आइपिओ जारी गर्यो।

यसबाट कम्पनीले २ अर्ब ३० करोड डलर जम्मा गर्यो। त्यसपछि ओटोस्पलाको शेयर मूल्यमा एक तिहाइले बृद्धि भएको छ।

यसबाट ओसाथानुग्रा परिवारको ६४ प्रतिशत होल्डिङ झण्डै २ अर्ब डलर पुगेको छ। यसबाट पेच थाइल्याण्डका धनाढ्यको सूचीको आठौं नम्बरबाट उक्लेर चौंथो नम्बरमा पुगेका छन्।

बजारमा तय गर्नुपर्ने बाटो त्यति सजिलो छैन। सन् २०१५ मा पेचले ओसोट्स्पाको कमान सम्हालेपछि उनले  कम्पनीको छरिएको फर्मास्युटिकल्स र हेल्थ प्रोडक्टलाई मात्र अघि बढाएनन्। पुरानो एम १५० इनर्जी ड्रिकको पुनर्उत्पादनलाई मिसन नै बनाए।

उनले कम्पनीका एक तिहाइ पुराना कर्मचारीलाई बिदा दिए र प्रोफेसनल म्यानेजरहरु हायर गरे। उनले युनिलिभरका अनुभवी ब्यबस्थापकहरुलाई कम्पनीमा भित्र्याए।  उनी भन्छन् – 'म चाहन्नथे कि कम्पनी फेमिजी बिजनेस जस्तो मात्र होस्।' उनले कम्पनीलाई अझै प्रोफेसनल र थप अर्गनाइज्ड बनाउन चाहेको बताए।

सन् १८९१ मा उनका हजुरबुवाका पनि बुवाले यो कम्पनी थालेका थिए। चीनबाट गएका आप्रवासीका रुपमा उनीहरुले बैंककको चाइनाटाउनमा टेक हेङ यो नामको फार्मेसी खोलेर जडिबुटीबाट औषधी बनाएर बेच्न थाले।

एकताका थाइ आर्मीमा फैलिएको हैजा रोक्न उनीहरुले जडिबुटीबाट औषधी बनाए। यो प्रभावकारी बनेपछि उनीहरुलाई थाइल्याण्डका राजाले नयाँ नाम दिए 'ओसाथानुग्रा' थाई भाषामा 'औषधिदाता' भन्ने अर्थमा।

दोस्रो विश्व युद्धपछि उनीहरुको कम्पनी 'टेक हेङ यो' ले नयाँ नाम पायो ओसोट्स्पा अर्थात मेडिकल अर्गनाइजेसन।

ओसोट्स्पाले हेल्थ केयर तथा पर्सनल हाइजिनका उत्पादन थाल्यो। यो कम्पनी बेबी केयर तथा महिलाको ब्युटी केयर प्रोडक्टमा हाल पनि मार्केट लिडरका रुपमा छ। कम्पनीको लिक्विड बेबी सोपले ३५ प्रतिशत बजार तथा बच्चाहरुको टालकम पाउडरले २४ प्रतिशत बजार बजार लिएको छ।

इनर्जी ड्रिंक ओसोट्स्पाको पुरानै बिरासत हो।  सन् १९६४५ मा पेचका बुवाले इनर्जी टोनिक 'लिपोभिटान-डि' उत्पादनको लाइसेन्स जापानको ताइसो फर्मास्योटिकल्सबाट लिएका थिए। पछि उननले सन् १९८५ मा नै उनले आफ्नो भर्सन उत्पादन गरे 'एम १५०' को नाममा।

एम अर्थातु म्यागनम् रिबल्भर कार्टेज तथा १५० अर्थात त्यसको १५० एमलएल को बोटल। यसको लेबलका रुपमा  प्रहरीको ब्याज चिन्ह छ। जडिबुटी, भिटामिन, चिनी र क्याफिन राखेर उत्पादन गरिएको 'एम १५०' ले अब थाइल्याण्ड बाहिर टेकिसकेको छ।

पेच यसलाई निर्यात ब्यापारको उचाईमा पुर्याउनु यतिबेला पेचको एकमात्र लक्ष्य हो।