दुई भारतीय नागरिकसहित ३ जना विरुद्ध सम्पत्ती शुद्धिकरणको मुद्दा, २२ करोड ९५ लाख रुपैयाँ विगो

बिजमाण्डू
२०७६ बैशाख १२ गते १६:११ | Apr 25, 2019
दुई भारतीय नागरिकसहित ३ जना विरुद्ध सम्पत्ती शुद्धिकरणको मुद्दा, २२ करोड ९५ लाख रुपैयाँ विगो

Tata
GBIME
Nepal Life

 

काठमाडौं। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। मधुकुमारी चौधरी, उनका पति भारतीय नागरिक विनोदकुमार गुप्ता र अर्का भारतीय नागरिक वीरेन्द्र महतो विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

हिमालयन कार्गो नेपाल सञ्चालक उनीहरुले आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्म राजश्व चुहावट गरी चौधरीको नाममा विभिन्न सम्पत्ती जोडेको विभागले जनाएको छ। सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी उनीहरुलाई सम्पत्ती शुद्धिकरणको जिम्मा लगाएको थियो।

उनीहरुले २३ करोड ९५ लाख ६८ हजार १३१ रुपैयाँ गैरकानुनी स्रोतको रकम प्राप्त गरी त्यस्तो कसुरजन्य सम्पत्तीको प्राप्ती गरेको विभागले जनाएको छ। उनीहरुले आफ्ना फर्मका कर्मचारीको नाममा समेत बैंक खाता खोली उनीहरुको नाममा १० करोड १० लाख रुपैयाँ जम्मा गरेको पनि विभागले जनाएको छ। 

उनीहरुले काठमाडौँ र भक्तपुर विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा ८ करोड ३० लाख रुपैयाँको घरजग्गामा लगानी गरेको, मधुकुमारी चौधरी एकल सञ्चालक रहेको मंगला रियलस्टेट प्रालिमा २ करोड र अर्को एप्पल पोलिमर्स प्रालिमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैगरी उनकै नाममा विभिन्न बैँक तथा वित्तीय संस्थामा ४ लाख ९७ रुपैयाँ लगानी गरेको विभागले जनाएको छ। विभागले उनीहरु विरुद्ध कुल विगो २२ करोड ९५ लाख रुपैयाँ कायम गरी मुद्दा दायर गरेको होर 

कहाँबाट सुरु भयो मुद्दा 
राजस्व अनुसन्धान विभागले आयकर छलीको अनुनस्धान गर्दै जाँदा यो विषय बाहिर आएको थियो। विभागले उनीहरुका कम्पनीले १० वर्षदेखि कुनै कर नबुझाई ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको अनुसन्धानबाट देखिएको जनाएको थियो। 

केही अघि नेपालगंज भन्सार कार्यालयबाट विना जाँचपास भारतबाट धुलो दूध र वनस्पति घिउ बोकेको ट्रक नागढुंगाबाट पक्राउ परेको थियो। यो गाडी पक्राउ परेपछि हिमालयन कार्गो संचालक गुप्ताको विभागले अनुसन्धान थालेको थियो। यो अनुसन्धानबाट गुप्ताले आयकर नतिरेको भेटिएको हो।यो राजस्व चुहावटमा विभागले रविन्द्र गुप्तासहित २२ जना विरुद्ध १० करोड २० लाख रुपैयाँ बरारबको मुद्दा अदालतमा दायर गरेको छ।

दूध र घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनार्इ चोरी पैठारी गरेको तथा नक्कली भ्याट विल बनाएको अनुसन्धानमा देखिएको छ। यो छलीमा संलग्न भएको आरोपमा नेपालगंज भन्सार प्रमुख जनार्दन आचार्य, भन्सार अधिकृत वटुकृष्ण अधिकारी,भन्सार जाँचकी वसन्तकुमार सुवेदी,कम्प्युटर अपरेटर चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापालार्इ समेत मुद्दा दायर गरिएको छ।

विभागले गुप्ता र उनकी श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएर विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। विभागका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७१/०७२सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको देखिएको छ। विभागले आर्थिक वर्ष २०७२/०७३देखि ०७४/०७५सम्म कुनै कर नबुझाएको जनाएको छ।

 विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। उनले गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको जानकारी दिँदै एक अर्ब रुपैयाँ बराबरको स्थीर सम्पत्ति रोक्का गरेको बताए।