नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना बैंकिङ कसुर अभियोगमा पक्राउ




काठमाडौं। बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) दुई जनालाई पक्राउ गरेको छ। 

फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कसुर गरेको भेटिएको छ।

यसरी कर चुक्ता प्रमाणपत्र तयार गरि कृषि विकास बैंक स्वयम्भु शाखाबाट ऋण लिने कार्यमा संलग्न झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

Sunrise Bank
Sipradee

उनीहरुले कृषि विकास बैंकबाट ४० लाख रुपैयाँ कर्जा लिएको भेटिएको हो। जिल्ला अदालत काठमाडौंले दुबैलाई पुर्पक्षका लागि जेल चलाउन गरेको छ। 


Share this Story

   

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना बैंकिङ कसुर अभियोगमा पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.