ग्लोबल आइएमई बैंकको सल्यानमा शाखा कार्यालय बिस्तार, निक्षेप ग्रामीण भेगमै लगानी गर्ने

बिजमाण्डू
२०७५ चैत्र १० गते १७:१२ | Mar 24, 2019
ग्लोबल आइएमई बैंकको सल्यानमा शाखा कार्यालय बिस्तार, निक्षेप ग्रामीण भेगमै लगानी गर्ने


काठमाडौं। ग्लोबल आइएमई बैंकले सल्यानको श्रीनगरमा शाखा कार्यालय बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको नयाँ शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे।

ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकासका गतिविधी बढाउन  र बैंकिङ सेवाको पहुँचको लागि बैंकको भूमिका महत्वपूर्ण भएको बताए।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिती थियो।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यानमा शाखाविस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न बैंकले सहयोग गर्ने धारणा राखे।

बैंकले देशभरका १ सय ३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १सय २१ शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको जनाएको छ।

यसैगरी बैंकले नेपालबाहिर ३ सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको पनि जानकारी दिएको छ।
बैंकले १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ जारी बिज्ञप्तीमा उल्लेख छ।