मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन, बागमती तथा पोखरा नगर सफाइमा सहभागी

बिजमाण्डू
२०७५ चैत्र १० गते १६:२१ | Mar 24, 2019


काठमाडौं। मुक्तिनाथ विकास बैंक  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती तथा पोखरा नगर सरसफाइमा सहभागी भैरहेको छ।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार वाग्मती नदी तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा बैंक सहभागी हुँदै आएको हो।

वाग्मती सरसफाई अभियानमा २०० औं हप्तादेखि सहभागी हुँदै आएको बैंकले जनाएको छ।

यसैगरी पोखरा नगर सरसफाई अभियानमा पनि बैंक संचालनकै समयदेखि सहभागी हुँदै आएको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।