शिवम सिमेन्टको आइपिओमा ८८% को लागि आवेदन, ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०७५ फागुन ९ गते १९:४३ | Feb 21, 2019
शिवम सिमेन्टको आइपिओमा ८८% को लागि आवेदन,  ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिने


काठमाडौं। शिवम् सिमेन्टले सर्वसाधारणतर्फ निष्काशन गरेको प्राथमिक शेयरमा ८८ प्रतिशत आवेदन परेको छ। त्यस्तै प्रभावित क्षेत्रका लागि पनि ३४ प्रतिशत मात्रै आवेदन परेको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणतर्फ निष्काशन भएको शेयरका लागि ३७ हजार भन्दा धेरैबाट ३६ लाख ५० हजार कित्ताको लागि आवेदन परेको छ। त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाहरुबाट पनि ६ सय भन्दा धेरै आवेदकहरुबाट एक लाख ९७ हजार कित्ताको लागि आवेदन परेको हो।

कम्पनीले सर्वसाधरणको लागि प्रति कित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाको लागि प्रति कित्ता २०० रुपैयाँको दरमा बाँडफाँट परेपछि बाँकी रहेको ५ लाख ७९ हजार कित्ता प्राथमिक निष्काशन गरेको छ।

कम्पनीले छिटोको अवधिका लागि आजसम्म निष्काशन गर्ने योजना बनाएकोमा माग अनुसार आवेदन नपरे पछि ढिलोको समय कुर्नु परेको हो। कम्पनीले ढिलोको अवधि चैत्र ५ गतेसम्म तोकेको छ। शुक्रबारदेखि सम्पुर्ण कित्ताको लागि आवदेन नपरेसम्म बिक्री खुला गर्न सक्नेछ। सम्पूर्ण कित्ताको लागि आवेदन परेसँगै कम्पनीले बिक्री बन्द गर्नेछ।

यदि ढिलोको अवधिमा पनि बिक्री नभएमा अण्डर राइटरले सकार्नु पर्ने हुन्छ। कम्पनीले आइपीओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि आइपिओ ग्रेड तीन प्राप्त गरेको छ। वित्तीय अवस्था राम्रो रहेको तथा लाभांस दिन सक्ने अवस्थाले गर्दा राम्रो रेटिङ प्राप्त गरेको हो।प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।