जापानबाट अनुमति पाएको ४५ दिनपछि एनएसीले उडान गर्ने, सम्पर्क कार्यालय एक साताभित्रै खुल्ने

बिजमाण्डू
२०७५ फागुन ८ गते १०:१५ | Feb 20, 2019
जापानबाट अनुमति पाएको ४५ दिनपछि एनएसीले उडान गर्ने, सम्पर्क कार्यालय एक साताभित्रै खुल्ने


काठमाडौं। नेपाल वायुसेवा निगमले जेक्याब 'जापान सिभिल एभिएसन ब्यूरो'बाट उडान अनुमति पाएको ४५ दिनपछि जापान उडान गर्न पाउने भएको छ।

Tata
GBIME
Nepal Life

निगमको जापान उडान अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउँदै उडानका लागि आवश्यक पूर्वाधार भने तयार भइसकेको जनाएको छ।'हाल जापान उडानका लागि निगमबाट परिचालित कन्ट्री म्यानेजरले सबै व्यवस्था मिलाइसकेका छन्। अहिले जेक्याबले पठाइएको डकुमेन्ट अध्ययनको क्रममा छ।' निगमका एक कर्मचारीले भने।

निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङ, लाइन मेन्टिनेन्स, इन्जिनियरिङ, क्याटरिङ, होटल र फ्युलिङको बन्दोबस्त भइसकेको छ। जापानमा निगमको सम्पर्क कार्यालय एक साता भित्रै तयार हुने ती कर्मचारीले बताए।'जापानमा हाम्रो कार्यालय एक सातामा तयार भइसके लगत्तै हामी सिस्टम अपडेटको काम सुरु गर्नेछौँ। मूख्य भनेकै उडान अनुमतिको विषय हो।' ती कर्मचारीले भने।

जापानबाट नियमित उडान अनुमति पाएलगत्तै निगमसँग भएको दुई सय ७४ सीटे एयरबस ३३०मार्फत काठमाडौं-ओशाका उडान गर्नेछ। सुरुमा ओशाका उडान गर्न लागेको निगमले छिट्टै नारिता पनि उडान गर्न योजना बनाएको छ। निगमले दुई साताअघिनै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौं-जापान उडान अनुमति भने पाइसकेको छ।