कामना सेवाले विकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त

बिजमाण्डू
२०७५ फागुन १ गते १७:०० | Feb 13, 2019
कामना सेवाले विकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौं। कामना सेवा विकास बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। समितिले आजैदेखि लागु हुने गरि नियुक्त गरेको छ।

बैंकले गत मंसिर ६ गते बस्नेतलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। गत भदौ ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले राजीनामा दिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो।