काठमाडौँ। आर्थिक संकटमा रहेको नेपाल वायुसेवा निगमले उधारोमा टिकट बेच्दा २५ करोड रुपैयाँभन्दा बढी घाटा सहनु परेको छ।
सार्वजनिक लेखा समितिमा निगमले शुक्रबार पठाएको कामकारबाहीको विवरणमा टिकट बेचेवापत् उठाउन बाँकी बक्यौता रकम २५ करोड ६७ लाख रुपैयाँ रहेको उल्लेख छ।
त्यसमध्ये झण्डै ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयसँग मात्रै उठाउन बाँकी छ।
यो रकम आर्थिक वर्ष २०६१/६२ देखि क्यारी फरवार्ड हुँदै आएको रकम भएको पनि उल्लेख छ।
६ करोड रुपैयाँको लागि निगम कानुनी प्रक्रियामा गइसकेको पनि कार्यकारी अध्यक्ष मदन खरेलले उल्लेख गरेका छन्। 'केही पार्टीहरुसँगको कानुनी प्रक्रियामा निगमको पक्षमा निर्णयसमेत भइसकेको छ', विवरणमा उल्लेख छ, निगमलाई रकम बुझाउनु पर्ने देखिएका केही पार्टीहरु त अहिले अस्तित्वमा नै नरहेको समेत अवस्था छ।'