गाडी र बाइक किन्न ऋण दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुर्याइयो, ब्याज दर पनि तोकियो

बिजमाण्डू
२०७५ माघ ७ गते १६:३६ | Jan 21, 2019
गाडी र बाइक किन्न ऋण दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुर्याइयो, ब्याज दर पनि तोकियो

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको समेत चुक्ता पूँजी बृद्धि गरिदिएको छ। १० करोड चुक्ता पूँजीबाट सञ्चालन भएका कम्पनीहरुको सोमबार निर्देशन जारी गर्दै ३० करोड पूँजी हुनु पर्ने ब्यवस्था गरिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीहरुलाई चुक्ता पूँजी पुर्याउन समय २०७८ असार मसान्तसम्मको समय दिइएको छ। २०७७ असारसम्म २० करोड पुर्याउनु पर्छ भने अर्को बर्ष ३० करोड पुर्याउनु पर्ने छ।

चुक्ता पूँजी ०.१ प्रतिशतले हुने रकम बराबरको स्वृति दस्तुर राष्ट्र बैंकमा बुझाउनु पर्नेमा अबदिख ०.२ प्रतिशत बुझाउनु पर्छ। यो ब्यवस्था नयाँ आउन लागेका कम्पनीहरुको हकमा लागू हुने छ।

राष्ट्र बैंकले हायर पर्चेज ऋण दिने कम्पनीहरुलाई स्थान विशेष छानेर मात्र स्वीकृति दिने छ। अब कम्पनीको उपस्थित बढी भएको क्षेत्रमा स्थापना हुन चाहेमा स्वीकार नगर्ने जनाएको छ।

पुराना कम्पनीहरुको नवीकरण शुल्कसमेत बढाएको छ। विगतमा प्रत्येक दुई बर्षमा एक लाख रुपैयाँका दरले नवीकरण हुने गरेकोमा अब भने २ लाख रुपैयाँ लाग्ने छ। अवधि सकिएपछि भदौसम्म नवीकरण गर्नु पर्छ। त्यसभित्र नगरे १० प्रतिशत रकम थपेर असोजसम्म गर्न सकिन्छ। असोजमा पनि नगरे त्यसपछि नवीकरण हुँदैन।

हायर पर्चेज कम्पनीले ऋण तथा सापटी लिइ कर्जा प्रदान गरेको अवस्थामा राष्ट्र बैंकले ब्याज दर निर्धारण गरिदिएको छ। यसअघि ब्याज खुला थियो। अब भने कम्पनीले लिएको ऋणको ब्याजमा बढिमा ३ प्रतिशतसम्म माथि लिन पाइने छ।

अहिले आधा दर्जन हायर पर्चेज ऋण दिने कम्पनी सञ्चालनमा छन्। अझै आधा दर्जन सञ्चालन अनुमतिको पर्खाइमा छन्।
 

 

DV.load(“https://www.documentcloud.org/documents/5690290-Ofg-Other-policies20190121.js”, {
width: 810,
height: 500,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5690290-Ofg-Other-policies20190121”
});