सिटिजन्स बैंक र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौंता, भारतबाट रकम पठाउन सहज

बिजमाण्डू
२०७५ माघ ६ गते २०:३१ | Jan 20, 2019
सिटिजन्स बैंक र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौंता, भारतबाट रकम पठाउन सहज


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार अब एक्सिस बैंकबाट नेपालमा पैसा पठाउन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सिटिजन्स बैंकको ८१ वटा शाखाबाट भारतबाट पठाएको पैसा पाउन सकिने विज्ञप्तिमा उल्लेख छ।

बैंकले यस अघि कतारको दोहा बैंक, बेलायतको क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस लगायतका कम्पनीसँग सम्झौंता गरेर नेपालमा रेमिटेन्स ल्याइरहेको छ।