विदेशमा लिएको रिप्याट्रिएसन रकम १५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने, सटही सुविधामा यस्तो सुविधा

बिजमाण्डू
२०७५ माघ ६ गते १७:२० | Jan 20, 2019

काठमाडौं। राष्ट्र बैंकले बिदेशबाट कमाएको पैसा भूक्तानी पाएको १५ दिनभित्र नेपालमा ल्याइसक्न निर्देशन दिएको छ। आइतबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशमा कमाएको पैसा तत्काल ल्याउन निर्देशन दिएको हो।

Tata
GBIME
Nepal Life

यसअघि यस्तो ब्यवस्था थिएन। ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेण्ट, होटललगायतका संस्थाहरुले विदेशबाट रिपाट्रेसन लिनु पर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र अनिवार्य रुपमा ल्याइसक्न निर्देशन दिएको हो।

यो सम्बन्धि विवरण हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र  राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभागमा पठाउनु पर्नेछ।

शिक्षा, आप्रवासन,  स्वास्थ्य लगायतका प्रयोजनका लागि अमेरिकी डलर ५ हजारभन्दा बढिको डलर माग गर्ने नेपालीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्नेछ। यस्तो लेखा नम्बर सटही सुविधा माग गर्ने ब्यक्ति वा निजको एकाघर परिवारका सदस्यमहरुमध्ये आमा वा बुबा कुनै एक जनाले पेश गरेमा समेत डलर सटही गर्न सकिने छ।