भिभान्ता काठमाडौं होटल संचालनमा, १ सय १० कोठाको होटल यस्तो छ

बिजमाण्डू
२०७५ माघ ३ गते २०:१९ | Jan 17, 2019
भिभान्ता काठमाडौं होटल संचालनमा, १ सय १० कोठाको होटल यस्तो छ


काठमाडौं।  चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल विहिबारदेखि संचालनमा आएको छ ।

Tata
GBIME
Nepal Life

दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड' (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ। चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिटीद्वारा सञ्चालित ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो ।

“करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।”सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । 

विशेषगरी एसियाली स्वादमा रमाउनेका लागि ‘अकारी’जस्तो विख्यात विकल्प पनि उपलब्ध छ । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

“यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य परख गर्न चाहने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ ।” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।”होटलमा व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध छ।