काठमाडौं। सेञ्चुरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल क्यान्सर सर्पोट ग्रुपलाई सहयोग गरेको छ।
बैंकले क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लिले आयोजना गरेको कार्यक्रममा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।
बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट ग्रुपको नाममा रहेको चेक हास्यकलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई हस्तान्तरण गरे।
क्यान्सर सपोर्ट ग्रुपले गर्ने कार्यक्रमले क्यान्सरबाट जितेका व्यक्तिहरुलाई प्रेरणा दिने तथा हरेक किसिमको क्यान्सरको उपचार स्वदेशमै गर्न सकिन्छ भन्ने जानकारी दिने गरेको बताइएको छ।