चौतारीको आइपिओ आज अन्तिम, नाडेपको हकप्रद आजदेखि, चौतारीमा साढे २२ गुणा आवेदन

बिजमाण्डू
२०७५ मंसिर २३ गते १०:२५ | Dec 9, 2018

काठमाडौं। चौतारी लघुबित्तले निष्काशन गरेको आइपिओमा मागभन्दा साढे २२ गुणा बढि आवेदन परेपछि आजदेखि निष्काशन बन्द हुने भएको छ। संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणको लागि ५ लाख ६० हजार ७०० कित्ता निष्काशन गरेको छ। 

Tata
GBIME
Nepal Life

शुक्रबारसम्ममा दुर्इ लाखभन्दा धेरै आवदेकबाट एक करोड २४ लाख कित्ताको लागि आवदेन परेको छ। सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ३००० कित्तासम्मको लागि आवदेन दिन पाउँछन्।  

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन्। संस्थाले प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार 'इक्रा एनपि आइपिओ ग्रेड चार' प्राप्त गरेको छ। इक्रा नेपालका अनुसार यस रेटिङले औषतभन्दा कमजोर आधार रहेको जनाउँदछ। 

त्यस्तै नाडेप लघुवित्तले मंसिर ६ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। संस्थाले आजदेखि पुष २९ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने नबिल इन्भेष्टमेन्टले जनाएको छ। 

संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा १६ लाख कित्ता हकप्रद शेयर बिक्री गरेसँगै चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ। हकप्रद आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। साथै नविल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल र संस्थाको केन्द्रिय तथा शाखा कार्यलयहरुबाट पाइनेछ। 

संस्थाले शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपिआर्इपिओ ग्रेड चार प्राप्त गरेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यो रेटिङले औषत आधार रहेको जनाउँछ। संस्थाका संस्थापक तथा संञ्चालक शेयरधनीहरुकले हकप्रद बापतको ९ करोड ७६ लाख रुपैया भुक्तानी गरिसकेका छन्।