उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, नियमन आयोगको अध्यक्ष बन्दै




काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा गरेका छन्। फागुन अन्तिममा अनिवार्य अवकास हुन लागेका उपाध्याय २०७० चैत २ गते सचिवमा बढुवा भएका थिए।

उपाध्याय विद्युत नियमन आयोगको अध्यक्ष बन्ने सम्भावना छ। उनले मूख्य सचिब लोकदर्शन रेग्मीलाई राजिनामा बुझाएका हुन्। राजिनामा मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्नु पर्छ।


उनले चार दिनअघि राजिनामा गरेको उर्जामन्त्री बर्षमान पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए। उनका अनुसार आयोगको अध्यक्ष हुनका लागि उपाध्यायले राजिनामा गरेका हुन्।

Share this Story

   

उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले दिए राजिनामा, नियमन आयोगको अध्यक्ष बन्दै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.