श्रीको ट्रर्बोप्रोबको अध्ययन थालियो, विदेशी प्राविधिक ल्याएर ‘डेमोन्स्ट्रेशन फ्लाइट’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ मंसिर २ गते १२:२६ | Nov 18, 2018
श्रीको ट्रर्बोप्रोबको अध्ययन थालियो, विदेशी प्राविधिक ल्याएर ‘डेमोन्स्ट्रेशन फ्लाइट’


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सले ल्याउन लागेको टर्बोप्रोब (क्यु-४००) जहाजको प्रारम्भिक अध्ययन सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

'डेमोन्स्ट्रेशन फ्लाइट'का लागि प्राधिकरणले विदेशी प्राविधिक ल्याउने तयारी गरेको छ। यो जहाज भारत र बंगलादेशमा उड्दै आइरहेको प्राधिकरणले जानकारी दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले ल्याएको एयबस ३३०को डेमोन्स्ट्रेसन फ्लाइटका लागि श्रीलंकाबाट प्राविधिक ल्याइएको थियो।
नयाँ प्रकारको जहाज ल्याउने कम्पनीले प्राविधिक जाँचका लागि आवश्यक पर्ने जनशक्ति ल्याउँदा लाग्ने खर्च आफैले ब्योहोर्ने प्रावधान छ।

'नयाँ प्रकारको जहाज बारे हामीलाई पूर्णरुपमा थाहा हुँदैन। त्यसै कारण कम्पनीले बम्बार्डियरबाटै मान्छै झिकाएर यहाँको जनशक्तिलाई तालिम दिनुपर्ने अवस्था छ। नयाँ टाइपको जहाज  ल्याउँदा कम्पनीले आफ्नै खर्चमा प्राधिकरणको प्राविधिक जनशक्तिलाई तालिम दिनुपर्ने हुन्छ।' प्राधिकरण स्रोतले भन्यो।

कम्पनी र प्राधिकरणको प्राविधिक जनशक्ति ल्याउने वाहेक टर्बोप्रोबको आवश्यक कागजपत्र(डकुमेन्ट इभ्यालुएसन) अध्ययन सुरु भइसकेको छ। डकुमेन्टेसन फेज सकिएपछि श्रीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ पाउनेछ। नो अब्जेक्सन सर्टिफीकेट पाए लगत्तै श्रीले टर्बोप्रोब ल्याएर परिक्षण उडान गर्न पाउनेछ।

कम्पनीले बुझाएको ‘अपरेशन म्यानुअल’, ‘मेन्टिनेन्स म्यानुअल’ लगायत १२वटा डकुमेन्ट अध्ययनपछि प्राधिकरणले अध्ययनका आधारमा कम्पनीलाई पुनः सुझाव दिने प्राधिकरणले जानकारी दिएको छ। ‘डकुमेन्टेसन फेज’ अध्ययनका लागि धेरै समय नलाग्ने  प्राधिकरणले जनाएको छ। ‘डकुमेन्टेसन फेज’पछि प्राधिकरणको प्राविधिक जनशक्ति तालिम दिइनेछ। अध्ययनको चौथो चरणपछि कम्पनीरले 'नो अब्जेक्शन सर्टिफिकेट' दिने जानकारी दिएको छ।

छिटोमा छ महिनाभित्र श्रीले टर्बोप्रोब चलाउन अनुमति पाउने प्राधिकरण स्रोतले बतायो। जहाज ल्याउनका लागि कम्पनीले आठ महिना अगाडी नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो।