बाणिज्य बैंकहरुले बजार विगारिरहँदा विकास बैंकहरुमा देखियो संयमता, तरलता अभावको असर छैन





काठमाडौं। ६/७ बर्षअघि एकपछि अर्को विकास बैंकहरु ढल्दा समग्र बैंकिङ प्रणालीमाथि नै विश्वासको संकट देखा परेको थियो। नातागोता छानेर ऋण दिने, धितो सम्पति नहेर्ने लगायतका कारणले विकास बैंकहरु ढलेका थिए।

विकास बैंकहरुको त्यसबेलाको अव्यवसायिक गतिविधिले वित्तिय स्थायित्वमै आँच आएको थियो। त्यसलाई सुधार गर्न राष्ट्र बैंकले आफ्नो कर्मचारीहरु ब्यवस्थापकीय नेतृत्व लिन पठाउनु परेको थियो। कतिपयले 'क' वर्गका बाणिज्य बैकहरुले उद्धार गर्नु परेको थियो।


अहिले अवस्था १८० डिग्रीले फेरिएको छ। पछिल्लो डेढ/दुई बर्षमा वित्तीय स्थायित्वमा 'क' वर्गका बाणिज्य बैंकहरुले आँच पुर्याउन खोजिरहेका छन्, जोगाउने काम विकास बैंकहरुले गर्न थालेका छन्।

खासगरी अन्धधुन्द लगानी, तरलता अभाव, ब्याज दर उतारचढावदेखि कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) लाई धक्का दिने काम बाणिज्य बैंकहरुले गरिरहेका छन्। यसले गर्दा वित्तीय क्षेत्र त तरङ्गित भएकै छ चाहिएका बेला सर्वसाधारणले ऋण पाएका छैनन् भने ऋण लिएको बेलाभन्दा अहिले ब्याज दर दोब्बरले वृद्धि हुँदा ऋणी नै समस्यामा पर्न थालेका छन्।

बाणिज्य बैंकको तुलनामा पूँजीले हिसाबले निकै साना विकास बैकहरुले भने यसपाली सुशासन भङ्ग हुने र  ग्राहक पीडित बनाउने कुनै काम गरेनन्। ब्याज दरमा पनि स्थिरता देखिएको छ। बरु अप्ठ्याअरोमा परेका बाणिज्य बैंकहरुको ऋण किनेर उद्धार गर्न थालेका छन्।

'अधिक ऋण दिएर सिसिडी रेसियो अवहेलना पनि विकास बैंकहरुबाट भएन। जबकी बाणिज्य बैंकहरुले सिसिडी रेसियोमा प्रहार गरिरहेका छन्' डेभलपमेन्ट बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, 'हामीले सन्तुलित र अनुशासित भएर लगानी गर्दा बाणिज्य बैंकहरु छट्पटिरहेका बेला हामीलाई समस्या भएको छैन।'

लामो समय बैंकिङ गरेर बाहिर बसेकाहरुले पनि पछिल्लो समय विकास बैंकहरु परिपक्व ढंगबाट अगाडि बढ्न थालेको विश्लेषण गर्न थालेका छन्।

'तरलता अभावको समस्या एक बर्ष होइन दुई बर्ष होइन, तीन/चार बर्षदेखि देखिएको छ। तर बैंकहरुले यसबाट सिकेनन्। परिपक्वता देखाएनन्,' बैंकिङ विज्ञ शशिन जोशीले बिजमाण्डूसँग भने, 'विकास बैंकहरुमा भने यसपाली परिपक्वता देखिएको छ।'

बाणिज्य बैंकहरुले ६/७ प्रतिशतमा दिएको आवासीय घरजग्गा तथा सवारी साधन ऋणको ब्याज अभाव भयो भन्दै १३/१४ प्रतिशत पुर्याइसकेका छन्। तर, पूँजी लागत बढि हुने विकास बैंकहरुले पुरानो ऋणीको ब्याज खासै बढाएनन्।

शशिनको विश्लेषण अनुसार  विकास बैंकहरु तरलताको सहज अवस्थामा बसेका छन्। व्यापार विस्तार पनि स्वभाविक स्तरमा गरिरहेका छन्। 'अहिले विकास बैंकले परिपक्वता देखाएका छन्,' उनले भने, 'प्रणालीमा समस्या विकास बैंकबाट भन्दा बाणिज्य बैंकबाट भएको देखिन्छ।'

लामो समय बैंकिङ गरेका अर्का विज्ञ सुमन जोशी पनि विकास बैंकहरुले पूँजी वृद्धिपछि लिएको रणनीतिले उनीहरु परिपक्व भएको देखाएको बताए। 'बाणिज्य बैंकहरुले आँफै पूँजी हाले। यसले गर्दा उनीहरुलाई व्यापार बढाउन दबाब पर्यो' उनले भने, 'विकास बैंकहरु मर्ज हुँदै अगाडि बढे। यसो हुँदा व्यापार बिस्तारको दवाव भएन।'

ज्योति विकास बैकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बाणिज्य बैंकहरुले भद्र सहमतिका नाममा समान ब्याज राखेका कारण अर्को समस्यामा फसेको बताउँछन्। 'एकाध महिनालाई सहमति ठिकै पनि हुन्थ्यो  तर बैंकहरुले त्यसैलाई समाधान ठाने। यसको विकृतिले गर्दा बाणिज्य बैंकहरु थप फस्दै गए' उनले भने।

ज्ञवालीले समान ब्याजले कसरी समस्या बढ्यो भनेर उदाहरणसमेत दिए। आज नबिल बैंकले पनि संस्थागत निक्षेपकर्तालाई १० प्रतिशत ब्याज दिने र नयाँ आएकोले पनि त्यति नै ब्याज दिन्छ भने पैसा राख्नेले पुरानो र ठूलो बैंकमा राख्छ। यसरी साना बैंकको पैसा ठूला बैंकमा सर्छ र तरलता अभाव साना बैंकमा बढि हुन्छ। उसले सिसिडी रेसियो थेग्न सक्दैन।

'पछिल्लो समय समस्या बढ्नुको कारण समान ब्याज दर हो' उनले भने, 'यही काम विकास बैंकहरुले गरेनन्। उनीहरुले बाणिज्य बैंकहरुले ब्याज बढाए भनेर मनपरी गरेनन्। आखिर उनीहरुकै रणनीति राम्रो देखियो।'

शशिनका अनुसार बाणिज्य बैंकका ब्यवस्थापकहरुले पूरानो समस्याबाट कहिले सिक्नै खोजेनन्। उनीहरुको योजना 'कन्जरभेटिभ' हुनु पर्नेमा अझ आक्रामक भएर अगाडि बढे। 'यसमा बाणिज्य बैंकका ब्यवस्थापकहरुको अपरिपक्वता देखिन्छ' उनले भने।

सुमनले विकास बैंक र बाणिज्य बैंकहरुको पछिल्लो अभ्यासका बारेमा आफ्नो विश्लेषण ब्याज दरसँग जोडेर सुनाए। उनका अनुसार, बाणिज्य बैंकहरु ब्याज दर बढाउने प्रतिस्पर्धा गरिरहँदा विकास बैंकहरुले त्यसको पछाडि लागेनन्। 'बाणिज्य बैंकहरु १२/साढे १२ प्रतिशतसम्म निक्षेपको ब्याज दर दिन हिँडेका थिए' उनले भने, 'विकास बैंकहरुले निक्षेपको ब्याज त्योस्तरमा पुर्याएनन्। उनीहरुले परिपक्वता देखाए।'

Share this Story

   

बाणिज्य बैंकहरुले बजार विगारिरहँदा विकास बैंकहरुमा देखियो संयमता, तरलता अभावको असर छैन को लागी ३ प्रतिक्रिया(हरु)

bhandafor[ 2018-11-14 02:05:12 ]
"निक्षेपकर्तालाई १० प्रतिशत ब्याज दिने र नयाँ आएकोले पनि त्यति नै ब्याज दिन्छ भने पैसा राख्नेले पुरानो र ठूलो बैंकमा राख्छ" \ This is good slap to those extra smart bankers who loosely generalize we are equal as all have 8 bio paid up capital . Boss u n your father both are 6' height does that mean both are equal. To those smart ass somalia's President and US President are not equal albeit both are President in post. First get some experience in banking and stop counting how much so called corporate ladder u have climbed and start comparing with your big brother. Banking knowledge zero post bhane AGM, Country Head , Chief xxxx that too hand picked.

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


The Devils Advocate[ 2018-11-14 11:35:18 ]
This is massive generalization. Did the quoted banking experts really mean this?The general impression is that commercial banks have stronger management skills. As far as prudent management is concerned, Development Banks are no better than Commercial Banks. Majority of both kinds of banks are run by gangs of clerks undoubtedly skilled at the art of sucking up. They should write books on it. However, what is definitely lacking in Development Banks is media management skills. They need to hone up these skills and push through sponsored news and prolonged interviews with no intellectual value to at least create an aura about themselves.

   हालसम्म २७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


विद्यार्थी[ 2018-11-14 11:10:33 ]
Commercial bank has huge demand of credit, however, Development Banks and Finance Companies has moderate demand of credit facilities due to limited service and high cost of fund. As well as Development Banks and Finance Companies has limitation of compulsory mortgaging of fixed assets security. and This is the main reason of credit crunch in commercial bank.

   हालसम्म ३० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.