चीनमा विश्वकै लामो ५५ किमी सामुन्द्रिक पुल सञ्चालनमा, हङकङवासीलाई भने कडाई

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १४:२३ | Oct 23, 2018
चीनमा विश्वकै लामो ५५ किमी सामुन्द्रिक पुल सञ्चालनमा, हङकङवासीलाई भने कडाई


बेइजिङ।  चिनियाँ राष्ट्रपति सि जिङपिङले विश्वकै लामो सामुन्द्रिक पुलको उद्घाटन गरेका छन्। उक्त पुलले समुन्द्र मार्ग हुँदै हङकङ, मकाउ र मेनल्यान्ड चाइना जोड्नेछ।

Tata
GBIME
Nepal Life

जुनहाइको दक्षिणी क्षेत्रमा रहेको मेनल्यान्ड शहरमा भएको उद्घाटन समारोहमा हङकङ र मकाउका नेताहरुकोसमेत उपस्थिति थियो। 'म हङकङ-जुनहाइ-मकाउ पुल खोलेको घोषणा गर्छु' भन्दै सिले पुलको उद्घाटन गरेका हुन्। लगत्तै उनी सो समारोहबाट बाहिरिएका थिए। 

हालसम्मकै अद्भूत मानिएको उक्त पुल ५५ किलोमिटरको रहेको छ। त्यसमा सर्प आकारको सडक जस्तै पुल रहेको छ। यसका साथै अन्डरवाटर टनलले हङकङको लान्टाउ टापुलार्इ जुनहाइसँग जोड्नेछ। यस्तै, मकाउको ग्याम्बिल्ङ इन्क्लेभबाट प्रेल रिभर इस्टकासीसम्म पुल संचालन हुनेछ। यो पुललार्इ चीनले 'ग्रेटर बे एरिया' आर्थिक क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्ने गरेको एक रणनीतिका रुपमा समेत लिएको छ।

हङकङ चीनको अधीनमा रहेको स्वायत्त राष्ट्र हो। अधिकारकर्मीहरुले यस पुलमार्फत चीनले हङकङमा थप प्रभाव जमाउने बताएका छन्। हङकङमा पुलको उद्घाटन सम्बन्धी कुनै आधिकारिक कार्यक्रम संचालन गरिएको थिएन। तर हङकङ क्षेत्रमा रहेको समुन्द्री किनारहरुमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। हङकङका बासिन्दाहरुले सो पुल पार गर्नका लागि भने नियमहरु पालना गर्नुपर्नेछ। जनताकै करबाट निर्मित पुल भएता पनि सबैका लागि पुल खुला नगरिएकोमा भने व्यापक विरोध भएको छ।

गत हप्ता मात्र चीनको मेनल्यान्डबाट हङकङसम्म तीव्र गतिको रेल सेवा संचालन भएको थियो। संचालनमा आएको उक्त रेलमा पनि हङकङको भूमिमा पहिलो पटक चिनियाँ सुरक्षाकर्मी देखिएको थियो। अधिकारकर्मीहरुले उक्त कार्यको पनि व्यापक विरोध गरेका थिए। 

सन् २००९ बाट निमार्ण कार्य सुरु भएको उक्त पुल विभिन्न कार्यले समयमा नै सम्पन्न हुन सकेको थिएन।  बुधवारबाट उक्त पुल संचालनमा आउनेछ।