साझाले ल्यायो विद्युतीय बस, प्रधानमन्त्री ओली बस चढेर सिंहदरबार पुगे, लुम्बिनीमा संचालन गरिने

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १२:३३ | Oct 23, 2018


काठमाडौँ। साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

लुम्बिनी क्षेत्रमा चलाइने बसको औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुगेका थिए। लुम्बिनी क्षेत्रमा पाँचवटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो।

अन्य तीनवटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ। चिनियाँ कम्पनीले निर्माण  गरेको पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो। अन्य बस नेपाल आउने क्रममा छन्।

चालकसहित २० सिट क्षमताका बसमा सीसीटीभी जडान गरिएको छ। यात्रुलाई उभिएर यात्रा गर्न सजिलो होस् भनेर ह्याङ्गरको व्यवस्था समेत गरिएको साझाले जनाएको छ।