सेनाले फाष्ट ट्रयाकको लागि माग्यो प्राविधिक, हाइड्रोलोजिस्टदेखि हाइवे इन्जिनियर

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १०:४१ | Oct 23, 2018
सेनाले फाष्ट ट्रयाकको लागि माग्यो प्राविधिक, हाइड्रोलोजिस्टदेखि हाइवे इन्जिनियर


काठमाडौं।नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तरार्इ/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि प्राविधिक मागेको छ।

Tata
GBIME
Nepal Life

सेनाले द्रुतमार्गका लागि भूवैज्ञानिक देखि हाइवे इन्जिनियरसम्मका लागि आवेदन खोलेको हो।विभिन्न १० विधाका विज्ञ द्रुतमार्गलार्इ चाहिएको सेनाले जनाएको छ। सेनाले फाष्ट ट्रयाकमा पर्ने अग्ला पुल, सुरुङ तथा अन्य चुनौतीपूर्ण कामहरु गर्नका लागि प्राविधिक मागेको हो।

फाष्ट ट्रयाकमा ७५ मिटर सम्म उचार्इका ठुला साना गरि ९९ वटा करिव ९ किलोमिटर लामो पुल ,तीनवटा टनेल निर्माण गर्न र अन्य विभिन्न प्राविधिक आवश्यक पर्छ।