नियतबश बैंक ऋण नतिर्नेलाई कारवाही गर्न भारतीय सरकार ‘एग्रेसिभ’, तीन महिनामा पौने चार खर्ब

बिजमाण्डू
२०७५ असोज १० गते ०९:४९ | Sep 26, 2018
नियतबश बैंक ऋण नतिर्नेलाई कारवाही गर्न भारतीय सरकार ‘एग्रेसिभ’, तीन महिनामा पौने चार खर्ब

मुम्बइ। जानेबुझेर बैंकको ऋण नतिर्नेहरुलाई भारतीय सरकारले कडा कारवाही गर्ने भएको छ। वित्तमन्त्री अरुण जेट्लीले सरकारी बैंक ठग्ने र जानेबुझेर ऋण नतिर्नेहरुलाई कडा कारवाही गर्न निर्देशन दिएका छन्। बैंकको ऋण उठ्न थालेपछि भारतीय अर्थतन्त्रले निरन्तर ८ प्रतिशतको बृद्धि हासिल गर्ने उनले बताए।

Tata
GBIME
Nepal Life

सरकारी बैंकहरुसँग छलफल गर्दै उनले कुनैपनि हालतमा खराव ऋणीलाई नछाड्न निर्देशन दिए। अर्थतन्त्रमा सामान्य हिसावकिताब राखेर संगठित रुपमा कारोबार बिस्तार हुन थालेसँगै ८ प्रतिशतको आर्थिक बृद्धि सजिलै हाँसिल हुने जेट्लीले बताए।

उनले तिब्र गतिमा बढिरहेको अर्थतन्त्रबाट बैंकहरुलाई पनि बलियो रुपमा अगाडि बढ्न मद्दत पुग्ने भन्दै उनले आवश्यक पर्नेहरुलाई ऋण लगानी गरेर अर्थतन्त्र उकास्न आग्रहसमेत गरे।

उनले ऋण लगानी पूर्ण इमान्दारिताका साथ गर्न निर्देशन दिँदै पछिल्लो समय बैंकिङ प्रणालीप्रति आर्जित विश्वासलाई बलियो बनाइरहन आग्रहसमेत गरे। नराम्रो गर्नेलाई कारवाही गर्दा जनविश्वास बलियो हुने भन्दै नियतबश ऋण नतिर्नेलाई तत्काल कारवाही अगाडि बढाउनसमेत भने।

सरकारी क्षेत्रका बैंक अफ बदौडा, बिजया र 'देना' बैंकबीच मर्जर हुने तयारी भइरहँदा जेट्लीले बैठक राखेका हुन्। पछिल्लो समय सरकारी साथ पाएपछि बैकहरुले पनि डुबेको ऋण उठाउन सक्दो प्रयास थालेका छन्। पहिलो त्रैमासमा बैंकहरुले तीन खर्ब ६५ अर्ब ५१ करोड भारु डुबेको ऋण उठाइसकेका छन्। अघिल्लो बर्षको यसै अवधिको तुलनामा यो ४९ प्रतिशतले बढि हो।