नुवाकोटको बट्टारमा महिन्द्राको शोरुम, बिक्रीदेखि मर्मतसम्मको सुविधा उपलब्ध

बिजमाण्डू
२०७५ असोज ५ गते १६:११ | Sep 21, 2018
नुवाकोटको बट्टारमा महिन्द्राको शोरुम, बिक्रीदेखि मर्मतसम्मको सुविधा उपलब्ध

काठमाडौं। महिन्द्राले नुवाकोटको बट्टारमा नयाँ शोरुम 'कला मोटर्स' संचालनमा ल्याएको छ। महिन्द्राका ग्राहकहरूलाई बिक्री र मर्मतसम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टस्हरू पनि उपलब्ध गराउनेछ। 

Tata
GBIME
Nepal Life

अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले शोरुम उद्घाटन गरेका छन्। 

नुवाकोट र आसपासका क्षेत्रका ग्राहकहरूको कम्पनीमा सिधा पहँुच र गुणस्तरीय सेवाहरू अझ सुलभ र कम खर्चिलो बनाउनलाई शोरुम खोलिएको विज्ञप्तिमा उल्लेख छ।