तीन वित्तीय संस्थामा जागिरको अवसर, सजिलो, बुद्धज्योति र सिर्जना फाइनान्सले मागे कर्मचारी 

बिजमाण्डू
२०७५ असोज ५ गते १०:५० | Sep 21, 2018

काठमाडौं। तीन वित्तीय संस्था सिर्जना फाइनान्स, सजिलो लघुवित्त र बुद्धज्योति लघुवित्तले प्रवन्धक, शाखा कार्यालय प्रमुखदेखि प्रशिक्षार्थी सहायक पदको लागि कर्मचारी माग गरेका छन्। 

Tata
GBIME
Nepal Life

सिर्जना फाइनान्सले सप्तरी जिल्लाका लागि दुर्इ जना शाखा कार्यालय प्रमुख माग गरेको छ। शाखा प्रमुखको लागि स्नातक गरि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। 

सहायक स्तरको केही ट्रेनी कर्मचारी पनि माग गरेको छ। प्लस टु तथा स्नातक गरेकाले आवेदन दिन पाउने छन्। यसमा अनुभव चाहिँदैन। आवेदन असोज १९ गतेसम्म संस्थाको इमेल ठेगाना तथा हनुमानदास रोड विराटनगरको कार्यालयमा दिन सकिनेछ।  

बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एक जना प्रवन्धक, आइटिमा काम गरेको एक जना सहायक अधिकृत, केही सहायक अधिकृत र केहि सहायक प्रशिक्षार्थी माग गरेको छ। 

प्रवन्धकको लागि स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको अनुभव वा स्नातक गरेकाको हकमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ। सहायक अधिकृतको लागि स्नातक गरि दुर्इ वर्षको कार्यनुभव हुनु पर्नेछ। सहायक प्रशिक्षार्थीको हकमा प्लस टु गरेको हुनु पर्छ। आवेदन असोज १९ गतेसम्म संस्थाको कार्यालय पर्सा, लुम्बिनी, रुपन्देहीमा दिन सकिनेछ। 

सजिलो लघुवित्तले केहि शाखा प्रवन्धक र केहि सहायक प्रशिक्षार्थीको लागि विज्ञापन खुला गरेको छ। शाखा प्रवन्धकको लागि प्लस टु गरि दुर्इ वर्षको कार्यानुभव हुनु पर्नेछ। प्रशिक्षार्थी सहायकको लागि एसएलसी पास गरेको भए पुग्छ। आवेदन असोज १९ गतेसम्म संस्थाको इमेल ठेगानामा  दिन सकिनेछ।।