गरिमा बैंकले नाडामा ल्यायो साढे १०% ब्याजको स्किम, टोयटाको गाडि २९ हजार मासिक किस्तामा

बिजमाण्डू
२०७५ भदौ २६ गते १९:१८ | Sep 11, 2018


काठमाडौं। टोयटाका गाडीहरु खरीद गर्न साढे १० प्रतिशत ब्याजमै अटो लोन पाइने भएको छ। गरिमा विकास बैंक र बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट्सबीच समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

बार्षिक साढे १० प्रतिशत ब्याजमा १२ बर्षसम्मका लागि ऋण पाइन्छ। १४४ मासिक किस्तामा ऋण तिर्न सकिने कम्पनीले जनाएको छ।सम्झौतापत्रमा  बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेडका महाप्रबन्धक महेशकुमारले हस्ताक्षर गरेका छन्।

लिभा एसस २९ हजार २०२ र एसस क्रस ३३ हजार ४१९ रुपैयाँ मासिक किस्तामा उपलब्ध हुन्छ। साथै टोयटा रस ५३ हजार २३२ रुपैयाँमा मासिक किस्तामा पाइने विज्ञप्तिमा उल्लेख छ।