पहिलो पटक ड्राइभर खलासी जागिरमा सार्वजनिक विज्ञापन, १०० जना चाहियो, यस्तो छ योग्यता

बिजमाण्डू
२०७५ भदौ २५ गते १०:५४ | Sep 10, 2018
पहिलो पटक ड्राइभर खलासी जागिरमा सार्वजनिक विज्ञापन, १०० जना चाहियो, यस्तो छ योग्यता

काठमाडौं। दैनिक पत्र-पत्रिकामा प्रायजसो बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नाम चलेका कम्पनीहरुले कर्मचारीको माग गर्दै आएको पाइन्छ। तर सोमबार राष्ट्रिय स्तरको एक पत्रिकामा बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले एकै पटक ५०/५० जना ड्राइभर र खलासीको लागि बिज्ञापन आह्वान गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनी रजिष्ट्रारमा दर्ता भएको यस यातायात कम्पनीले सार्वजनिक रुपमा नै विज्ञापन मार्फत कर्मचारी माग गरेको हो। 

पछिल्लो समय सकारले यातायात संचालन गर्ने विभिन्न समितिलार्इ कम्पनी रजिष्ट्रारमा दर्ता भएर यातायात संचालन गर्नु पर्ने व्यवस्था गरेको थियो। 

ड्राइभरको लागि कम्पनीले उपत्यकाको सार्वजनिक बसमा काम गरेको अनुभव हुनु पर्ने छ भने खलासीको लागि नेपाली नागरिकता र मिठो बोलीचाली गर्न सक्ने हुनु पर्नेछ।