बैंकमा पैसा जम्मा गरेर जलविद्युत लगानी कम्पनीले नाफा ६९% ले बढायो, ८३ करोड रुपैयाँ नाफा

बिजमाण्डू
२०७५ साउन ३० गते ११:५४ | Aug 15, 2018

 
काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले आफ्नो पूँजी कोषको ८८ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर गत बर्ष ६९ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत बर्ष ८३ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष ४९ करोड ९ लाख रुपैयाँ नाफा थियो। 
 
जलविद्युत कम्पनीमा लगानी गर्न स्थापना भएको यस कम्पनीले अहिलेसम्म विभिन्न आयोजनामा एक अर्ब ३८ करोड रुपैयाँ  र कावेली इनर्जीमा ७८ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ। कम्पनीसँग हाल १४ अर्ब ५२ करोड रुपैयाँ नगद रहेको छ। 
बैंकमा रकम जम्मा गरेर मात्रै एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै अन्य क्षेत्रमा गरेको लगानीबाट ११ करोड ७१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ। चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ। 
 
नेपाल सरकारले चुक्ता पूँजी बृद्धिको लागि भन्दै आफ्नो तर्फको ५ अर्ब दिसकेको छ। यो सहित चुक्ता पूँजी १५ अर्ब रुपैयाँ पुग्छ। कम्पनीले सरकार बाहेक अन्य लगानीकर्तासँग एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ। प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life