विदेशी चिनीले स्वदेशी उद्योगीलार्इ तनाब, ‘आयात प्रतिवन्ध नलगाए हाम्रो चिनी सरकारले किनोस्’

बिजमाण्डू
२०७५ साउन ७ गते १६:४३ | Jul 23, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।विदेशमा सस्तो चिनी आएपछि स्वदेशी उद्योगलार्इ संरक्षण गर्न सरकारले भन्सार दोब्बर बनायो।भन्सारसँगै मूल्यांकन पनि प्रति टन ४ सय ६० डलर पुर्यायो।

भन्सार र मूल्यांकन बढाउँदासम्म विदेशबाट दुर्इ लाख टन चिनी भित्रिसकेको थियो।स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी अहिले मुलुकभित्र छ।अहिले पनि दैनिक रुपमा भारतबाट सस्तो चिनी भित्रिरहेको छ।चिनीको वार्षिक खपत साढे २ लाख टन छ।विदेशबाट सस्तो चिनी आयात भएपछि स्वदेशी उद्योग संकटमा परेका छन्।

चिनी उत्पादक संघका अनुसार ५४ हजार टन मात्रै चिनी बिक्री भएको छ।अहिलेपनि १ लाख २४ हजार टन चिनी मौज्दात छ।‘स्वदेशी उद्योगबाट उत्पादन भएको चिनी बिक्री भएको छैन।मंसिरदेखि चिनीको क्रसिङ सुरु हुन्छ’संघका अध्यक्ष शशिकान्त अग्रवालले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने,हामीले उत्पादन गरेको चिनी बिक्री नभएर गोदाममा थन्किएको छ।अब नयाँ उखु क्रसिङ कसरी गर्ने?उनले सरकारले चिनी आयातमा चाँडै निर्णय नगर्दा स्वदेशी उद्योग धरासायी हुने अवस्थामा पुगेको बताए।‘

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि आयातमा कडार्इ गर्न एन्टि डपिङ कानुन लगायतका औजारहरु प्रयोग गरेर रोक्नुपर्थ्यो।तर सरकारले कुनै पहल गरेन्’उनले भने,’समयमा निर्णय नगर्दा उद्योगसँगै किसान समेत संकटमा पर्ने देखिएको छ।‘अग्रवालले चिनी बिक्री नभएर राख्ने ठाउँ नभएको बताउँदै मोलासिस र बोगास व्यवस्थापन समेत गर्न कठिन भएको जानकारी दिए।

‘एक वर्षअघि सम्म भारतमा मोलासिस निकासी हुन्थ्यो।तर अहिले भारतमा मोलासिस धेरै सस्तो भइसकेको छ।यसको प्रयोग मदिरा उद्योगमा हुन्छ।तर उनीहरुले खाद्यान्नबाट मदिरा उत्पादन गरिरहेका छन्’उनले भने,मोलासिसलार्इ स्प्रीट बनाएर मदिरामा प्रयोग गर्ने वातावरण समेत बन्न सकेन्।मोलासिसबाट मदिरा उत्पादन भएमा खाद्यान्नको प्रयोग भएर परनिर्भरता कम हुने र त्यसबाट मूल्य समेत घट्न सक्छ।‘

संघका उपाध्यक्ष राजेश केडिया चिनी आयातमा तत्काल प्रतिवन्ध लगाउनुपर्ने बताउँदै उद्योगीलार्इ सहुलियतपूर्ण ऋण दिनुपर्ने बताए।‘उखु क्रसिङका समयमा उखु किसानसँग द्धन्द्ध हुन नदिन सरकारले बेलैमा यी दुर्इ विषय संबोधन गर्नुपर्छ’उनले भने,नभए सरकारले उत्पादन गरेको चिनी उसैले तोकेको मूल्यमा किनिदेओस्।‘सरकारले चिनीको मूल्य भ्याटसहित ६२ रुपैयाँ तोकेको छ।