डिश होमको नेतृत्व हेरफेर, अध्यक्षमा ढकाल नियुक्त, भट्टचनको राजिनामा, आचार्य प्रवन्ध निर्देशक

बिजमाण्डू
२०७५ असार २२ गते १६:२३ | Jul 6, 2018
डिश होमको नेतृत्व हेरफेर, अध्यक्षमा ढकाल नियुक्त, भट्टचनको राजिनामा,  आचार्य प्रवन्ध निर्देशक
काठमाडौं । डिश मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् भने प्रवन्ध निर्देशकमा सुदिप आचार्य चयन भएका छन्। बिहिवार बसेको डिस होम सञ्चालक समितिको बैठकमा देवीप्रकाश भट्टचनले अध्यक्ष पदबाट राजिनामा दिएका थिए।
 
सञ्चालक समितले अध्यक्ष भट्टचनको राजिनामा स्वीकृत गरि नयाँ अध्यक्षमा ढकाललाई चयन गरेको हो। ढकाल डिश होममा सञ्चालक समिति सदस्य थिए। त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्य सञ्चालक समिति सदस्यमा चयन भएपछि उनी प्रवन्ध निर्देशकमा नियुक्त भएका हुन्। 
 
ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन्। जलविद्युत लगायतका व्यापारमा संलग्न आचार्य कामना सेवा विकास बैंकमा अध्यक्ष छन्। 
 
सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क नेपालको पे टिभि उद्योगमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो।
 
१८ असार २०७४ बाट डिश होम पब्लिक लिमिडेट कम्पनीको रुपमा रुपान्तरण भएको छ भने कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ।
 
अध्यक्षबाट राजिनामा दिएका भट्टचनको नेतृत्वमा प्रभु टिभी सञ्चालनमा ल्याइएको छ। ओटिटी प्रणालीमा आधारित प्रभु टिभि मार्फत टेलिभिजनमा मात्र नभएर मोबाइल, ट्यावलेट तथा ल्यापटपमा समेत टेलिभिजन च्यानल हेर्न सकिने सुविधा छ।

Tata
GBIME
Nepal Life