तलबमा सुरु भयो लफडा, उद्योगीले भने- 'साढे १२ हजार रुपैयाँ भन्दा बढी भए उद्योग चलाउन सकिदैन'






विराटनगर।
अदक्ष कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न पूर्वका व्यवसायीले आग्रह गरेका छन् ।


सामाजिक सुरक्षा कोषअन्तर्गत मासिक २५ सय ७५ पाउने अदक्ष कामदारका लागि मासिक पारिश्रमिक १२ हजार ५ सयभन्दा माथि निर्धारण गरिएमा कारोबार गर्न नसकिने भन्दै व्यवसायीले त्यसभन्दा बढी निर्धारण नगर्न आग्रह गरेका हुन् ।

मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भारतका विभिन्न प्रान्त र बङ्गलादेशको समेत न्यूनतम मासिक पारिश्रमिक हेरेर मात्र नेपालमा निर्धारण गरिनुपर्ने तर्क राखे ।उद्यमी मुन्दडाका अनुसार नेपालसित जोडिएको भारतको उत्तर प्रदेशमा अदक्ष कामदारको मासिक पारिश्रमिक१२ हजार १ सय ८१ रुपैयाँ छ । त्यस्तै विहार र पश्चिम बङ्गाल राज्यमा दैनिक ४ सय ६ रुपैयाँ ४० पैसा रुपैयाँ छ । बङ्गलादेशमा मासिक ५ हजार ३ सय बङ्गलादेशी टाका अर्थात् ६ हजार ९ सय ९२ रुपैयाँ छ।

महासंघले प्रस्ताव गरेको १२ हजार ५ सय मासिक पारिश्रमिक छिमेकी मुलुकका तुलनामा सबैभन्दा बढी रहेको उल्लेख गर्दै मुन्दडाले बैङ्कको चर्को ब्याजको भुमरीमा रुमल्लिइरहेका व्यवसायीले योभन्दा बढी भुक्तानी गर्न नसक्ने जिकिर गरे ।

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले कामको प्रकारका आधारमा अदक्ष कामदारको न्यूनतम पारिश्रमिक तोकिनुपर्ने सुझाव दिए ।
‘सामान्य कुचो लगाउने र ४५ डिग्रीको तापक्रममा काम गर्नेको ज्याला समान हुनु हुँदैन’, अध्यक्ष गोल्छाले भने, ‘खतरनाक, मध्यम, सामान्य गरी विभिन्न प्रकारमा कामको विभाजन गर्दै सोही आधारमा पारिश्रमिक निर्धारण गरिनुपर्छ ।’

‘उत्पादकत्वका आधारमा दक्ष र अर्ध दक्ष कामदारले राम्रै भुक्तानी पाइरहेका हुन्छन्’, गोल्छाको भनाइ थियो, ‘अदक्ष कामदारको पारिश्रमिक निर्धारण गर्दा वस्तुनिष्ठ नहुने हो भने सरकारलाई पनि भार पर्छ । किनकि तीन तहका सरकार सक्रिय भएर पूर्वाधारको निर्माण धमाधम गरिरहेका बेला आफ्नो कोषको सदुपयोग गर्नु सरकारी पक्षको पनि दायित्व हो ।’

महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीले धेरै ठाउँमा साबिककै न्यूनतम पारिश्रमिक दैनिक ३ सय ९५ रुपैयाँ लागु नभइरहेको उल्लेख गर्दै अहिले महासंघले प्रस्ताव गरेकोभन्दा बढी निर्धारण गरिनु नहुने धारणा प्रकट गरे ।


 


Share this Story

   

तलबमा सुरु भयो लफडा, उद्योगीले भने- 'साढे १२ हजार रुपैयाँ भन्दा बढी भए उद्योग चलाउन सकिदैन' को लागी १ प्रतिक्रिया(हरु)

ramesh dhungana[ 2018-07-06 11:24:16 ]
sab mahanubhav haru marwari samuday nai parechan ta. rathi golcha mundara. yinle ta bhanne nai bhaye ni. bank ko byaj 25% bhaye pani yinle cost pass on nai garne ho upabhokta lai. nyun jyala 12500 ko thau ma 40000 nai bhaye pani uni haru ko jane hoina. saman mahagine hamrai ho.

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.