पञ्चकन्या माइ हाइड्रोपावरले पायो आइपिओ निष्काशन अनुमति, प्रति मेगावाट १८ करोड ४० लाख लागत

बिजमाण्डू
२०७५ असार १० गते १४:५७ | Jun 24, 2018
काठमाडौं। पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीले ११ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको छ। कम्पनीले १८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ। 
 
कम्पनीको क्रेडिट रेटिङ 'इक्रा एनपी आइपिओ ग्रेड ४' रहेको छ। ग्रेड ५ सबैभन्दा खराव क्रेडिट रेटिङ मानिन्छ। त्यसपछिको खराब रेटिङ ४ हो। 
 
कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटल रहेको छ। कम्पनीले प्रभावित क्षेत्रको लागि र सर्वसाधारणको लागि २२ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो। 
 
एक अर्ब ५ करोड रुपेयाँमा निर्माण भैरहेको प्रोजेक्ट निर्माणको लागि ६४ प्रतिशत ऋण र ३६ प्रतिशत शेयर पूँजीबाट जुटाउने योजना रहेको छ। 
 

Tata
GBIME
Nepal Life