अन्तर्राष्ट्रिय योग दिवसमा सिप्रदीको योगा अभियान, स्वच्छ व्यवसायका लागि योगा अनिवार्य

बिजमाण्डू
२०७५ असार ७ गते १७:२२ | Jun 21, 2018
अन्तर्राष्ट्रिय योग दिवसमा सिप्रदीको योगा अभियान, स्वच्छ व्यवसायका लागि योगा अनिवार्य

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सिप्रदी ट्रेडिङ,सिप्रदीयन सहायता संस्था र टाटा मोटर्सको संयुक्त आयोजनामा देशका ९ वटा प्रमुख शहरमा योगा कार्यक्रम गरेको छ।

यो कार्यक्रममा सिप्रदीका कर्मचारी र ग्राहकहरु सहभागी भएका थिए।सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले शरीर र मनलार्इ शान्त राख्न योगा आवश्यक हुने बताउँदै यसले स्वच्छ कर्म र व्यवसायका लागि प्रेरित गर्ने बताए।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विगत दुर्इ वर्षदेखि सिप्रदीले कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै आन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए।