सनराइज बैंकको ८६ औं शाखा पाल्पाको निस्दी गाउँपालिकामा बिस्तार

बिजमाण्डू
२०७५ जेठ ३१ गते १०:२९ | Jun 14, 2018


काठमाडौं सनराइज बैंकले बुधबार पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ मा आफ्नो ८६ औं शाखा बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सरूले कार्यलयको उद्घाटन गरेका छन्। बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ् सेवा पुर्‍याउने उद्देश्यले पाल्पाको निस्दीमा शाखा बिस्तार गरेको जनाएको छ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” सुरु गरेको छ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ।

 बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि दिदै आएको छ।