प्रभु लाइफले खोल्यो गोंगबुमा नयाँ शाखा, अध्यक्ष चापागाईँले भने: नयाँ कम्पनीले रोजगारी बढायो

बिजमाण्डू
२०७५ बैशाख १३ गते १७:२८ | Apr 26, 2018
प्रभु लाइफले खोल्यो गोंगबुमा नयाँ शाखा, अध्यक्ष चापागाईँले भने: नयाँ कम्पनीले रोजगारी बढायो

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले राजधानीको गोंगबुमा शाखा खोलेको छ। बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार शाखाको उद्घाटन गरेका हुन्। कम्पनीले यसअघि १८ शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ।

Tata
GBIME
Nepal Life

कार्यकारी अध्यक्ष चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए। उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने बताए।

कम्पनीका संचालक मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताए। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्षभित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।