ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधिमा पौड्याल चयन

बिजमाण्डू
२०७५ बैशाख १३ गते १७:३३ | Apr 26, 2018
ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधिमा पौड्याल चयन

काठमाडौं। ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजले बैंकर उपेन्द्र पौड्याललाई एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधि चयन गरेको छ। नेपालका सिनियर बैंकर पौड्याललाई यो क्षेत्रमा संस्थाको गतिविधि बढाउने तथा कार्यक्रम विस्तार गर्ने जिम्मेवारी दिइएको छ।

Tata
GBIME
Nepal Life

पौड्याल अहिले नबिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटका सञ्चालक हुन्। उनी केही समयअघि एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुरा गरी बिदा लिएका थिए। पौड्यालकै नेतृत्वमा गत वर्षन नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो। त्यतिबेला उनी नेपाल बैंकर्स संघका अध्यक्ष थिए।

ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज गैर नाफामुखी स्वतन्त्र संस्था हो। बैंक तथा वित्तीय संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल संस्थाका रुपमा यसले काम गरिरहेको छ।